२५ बैशाख २०८१, मंगलवार

तीन बुँदे सहमति विपरित नेकपाका नेता भरत सीको घरमा पक्राउ पूर्जी टाँस

0

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकार बिच भएको तीन बुँदे सहमति विपरित नेकपाका स्थायी समिति सदस्य भरत सीको घरमा आज पक्राउ पूर्जी टाँस गरिएको छ ।

नेकपाका महासचिव विप्लव सहित नेता भरत सीको नाममा काठमाडौ जिल्ला अदालतमा दर्ता गरिएको विष्फोटक पदार्थ,ज्यान मार्ने उद्योग र संगठित अपराधको मुद्धामा (मुद्धा नम्वर (०७५–८१–२०४३) नेता भरत सीलाई अदालतमा हाजिर नभएको भन्दै ३५ दिने पक्राउ पूर्जी टाँस गरिएको हो ।

यसअघि महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड लगायतका नेकपाका नेताहरुका नाममा पनि तीन बुँदे सहमतिको ठाडो उल्लंघन गर्दै काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो ।

पक्राउ पूर्जीमा रोहन गुरुङको जाहेरीले समेत बादी नेपाल सरकार प्रतिवादी नेत्रविक्रम चन्द्र (विप्लव) समेत भएको विष्फोटक पदार्थ,ज्यान मार्ने उद्योग र संगठित अपराध मुद्धामा भरत बमलाई गिरफ्तार गर्न पक्राउ पूर्जी जारी गरिएकोमा पक्राउ नपरेकाले ३५ दिने पक्राउ पूर्जी टाँस गरिएको उल्लेख गरिएको छ ।

नेकपाका नेता भरत सीलाई बाटोको म्याद वाहेक ३५ दिन भित्र आफै वा पक्राउ पूर्जी वमोजिम पक्राउ परी अदालतमा हाजिर हुन आउन भनिएको छ । पक्राउ पूर्जीमा हाजिर हुन नआए पछि भरत सीको उजुर वाजुर केही पनि नलाग्ने लेखिएको छ । पक्राउ पुर्जी २०८० साल पुस २९ गते काठमाडौं जिल्ला अदालतबाट जारी गरिएको छ ।

स्मरणरहोस्ः ओली नेतृत्वको सरकारले २०७७ साल फागुन २१ गते नेकपासंग तीन बुँदे सहमति गर्दै सम्पूर्ण झुट्टा मुद्धा खारेज गर्ने,बन्दीहरु रिहा गर्ने र नेकपाले शान्तिपूर्वक आफ्ना राजनीतिक गतिविधिहरु संचालन गर्ने सहमति भएको थियो । सरकारले सहमति कार्यान्वयनमा ढिलाई गर्दा फेरी नेकपा विरुद्ध विभिन्न षड्यन्त्रहरु सुरु भएको छ ।

नेकपाले सहमति भएको ३ बर्ष सम्म आफ्नो तर्फकाट इमान्दारपूर्वक सहमति कार्यान्वय गरिरहेको बेला सरकार र उसका अंगहरुले तीन बुँदे सहमतिको ठाडो उल्लंघन गर्दै आएका छन ।

नेकपाले साम्राज्यवादी तथा प्रतिक्रान्तिकारी शक्तिहरुको डिजाईनमा काठमाडौ जिल्ला अदालत मार्फत नेकपामाथि हमला गरेको बताएको छ । नेकपाले शान्ति प्रक्रिया विरुद्ध, जबर्जस्त देशमा हिंसा भड्काउने खेलमा काठमाडौ जिल्ला अदालत लागेको भन्दै आपत्ति जनाएको छ ।

काठमाडौ जिल्ला दलालतको पक्राउ पूर्जीको काण्डपछि नेकपाले देशभर काठमाडौ जिल्ला अदालतका न्यायधिसको आदेश विरुद्ध आन्दोलन समेत गरेको थियो ।

नेकपाका महासचिव र प्रवक्ताले प्रधानमन्त्री तथा समाजवादी मोर्चाका दलका नेताहरुसंग पनि पटक पटक छलफल गर्दै तीन बुँदे कार्यान्वयन गर्न दबाव दिदै आएका थिए ।

सरकार र नेकपा बिच तीन बुँदे सहमति कार्यान्वयनका लागि कार्यदल समेत बनेको छ । यी सारा सहमति र पहल विरुद्ध फेरी पनि काठमाडौ जिल्ला अदालत गइरहेको छ ।

सरकारले विद्रोही शक्तिसंग गरेको सहमति कार्यान्वय गर्नु अदालतको दायित्व पनि हो । तर अदालतले उल्टै झुट्टा मुद्धामा नेकपाका नेताहरुलाई फसाउने षड्यन्त्र गरेको छ ।

नेकपाका नेता भरत सीले यो षड्यन्त्र नेपालका दलालहरुको मात्र नभएर साम्राज्यवादी तथा परिवर्तन विरोधीहरुले गरेको जनपत्रिकालाई प्रतिक्रिया दिएका छन । आफुमाथिको पक्राउ पूर्जी तीन बुँदे सहमति विरुद्धको कदम भएकाले कुनै पनि मूल्यमा यसको नेकपाले प्रतिवाद गर्ने चेतावनी दिए ।

टाँस गरिएको पक्राउ पूर्जी यस्तो छ


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।