६ जेष्ठ २०८१, आईतवार

नेकपाका पोलिट ब्यूरो सदस्य दिपेश सीको घरमा पक्राउ पूर्जी टाँस

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य दिपेश राई (दिपेश) सीको घरमा तीन बुँदे सहमति विपरित मंगलवार पक्राउ पूर्जी टाँस गरिएको छ ।

सरकार र नेकपा बिच भएको तीन बुँदे सहमति विपरित काठमाडौं जिल्ला अदालतको पक्राउ पूर्जी टाँस गरिएको हो ।
काठमाडौ जिल्ला अदालतमा दर्ता गरिएको विष्फोटक पदार्थ,ज्यान मार्ने उद्योग र संगठित अपराधको मुद्धामा नेता दिपेश सीलाई अदालतमा

हाजिर नभएको भन्दै ३५ दिने पक्राउ पूर्जी उनकै घर षड्नन्द नगरपालिका १३  भोजपुरमा टाँस गरिएको छ । अदालतमा महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड,स्थायी समिति सदस्य भरत सी लगायतका नेताहरुका नाममा झुट्टा मुद्धा लगाईएको छ ।

यसअघि महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड लगायतका नेताहरुका नाममा पनि तीन बुँदे सहमतिको ठाडो उल्लंघन गर्दै काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो ।

पक्राउ पूर्जीमा रोहन गुरुङको जाहेरीले समेत बादी नेपाल सरकार प्रतिवादी नेत्रविक्रम चन्द्र (विप्लव) समेत भएको विष्फोटक पदार्थ,ज्यान मार्ने उद्योग र संगठित अपराध मुद्धामा दिपेश राईलाई गिरफ्तार गर्न पक्राउ पूर्जी जारी गरिएकोमा पक्राउ नपरेकाले ३५ दिने पक्राउ पूर्जी टाँस गरिएको उल्लेख गरिएको छ । पक्राउ पुर्जी २०८० साल पुस २९ गते काठमाडौं जिल्ला अदालतबाट जारी गरिएको छ ।

स्मरणरहोस्ः ओली नेतृत्वको सरकारले २०७७ साल फागुन २१ गते नेकपासंग तीन बुँदे सहमति गर्दै सम्पूर्ण झुट्टा मुद्धा खारेज गर्ने,बन्दीहरु रिहा गर्ने र नेकपाले शान्तिपूर्वक आफ्ना राजनीतिक गतिविधिहरु संचालन गर्ने सहमति भएको थियो । सरकारले सहमति कार्यान्वयनमा ढिलाई गर्दा फेरी नेकपा विरुद्ध विभिन्न षड्यन्त्रहरु सुरु भएको छ ।

नेकपाले साम्राज्यवादी तथा प्रतिक्रान्तिकारी शक्तिहरुको डिजाईनमा काठमाडौ जिल्ला अदालत मार्फत नेकपामाथि हमला गरेको बताएको छ । यही मुद्धामा नेकपाका स्थायी समिति सदस्य भरत सीको घरमा पनि आजै पक्राउ पूर्जी टाँस गरिएको छ ।

पक्राउ पूर्जी यस्तो छ


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।