६ आश्विन २०८१, आईतवार

नेकपा पूर्वी मोरङद्धारा सहिद हरीप्रसादको शालिक सारिएको विषयमा गम्भीर ध्यानाकर्षण

0

मोरङ । नेपाल कम्युनिष्ट पार्टी पूर्वी मोरङ जिल्ला समितिले सहिद हरी प्रसाद भट्टराई (परिर्र्वतन) को अर्धकदको शालिक लेटाङ वडा नम्वर ५ को शिक्षा विकास माविको परिसरबाट भत्काएर अर्को ठाउँ सारिएको घटनाको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पूर्वी जिल्ला सचिव डिल्ली सीले आज एक प्रेश विज्ञप्ति जारी गर्दै शालिक राखिएको स्थान वरपरका स्थानीय जनतालाई समेत जानकारी नगराई संरक्षणका नाममा बिरालोले न्याउरा सारे जसरी अन्यत्र स्थानान्तरण गर्नु र सुरक्षाका नाममा प्रहरी कार्यालयसम्म पुरÞ्याउनु घोर अपमान भएको जनाएका हुन ।

नेकपाले जारी विज्ञप्तिमा अर्धकदको सालिक माओवादी केन्द्रका स्थानीय कार्यकर्ताको अगुवाईमा भत्काएर लेटाङ बजार स्थित बसपार्क छेउमा स्थानान्तरण गरिएको र लगत्तै केही समय पश्चात् नगर प्रमुख भूपेन्द्र लावतीको प्रत्यक्ष निर्देशनमा नगर प्रहरीद्वारा सो सालिकलाई उक्त स्थानबाट हटाई ईलाका प्रहरी कार्यालयमा राखिएकोमा आपत्ति जनाएको छ ।

नेकपाले लेटाङ न.पा. ५ स्थित शिक्षा विकास मा. वि.को परिसर बाहिर बगैचा सहितको सो सालिकलाई पुनः सोही स्थानमा स–सम्मान स्थापित गर्न माग गरेको छ ।

नेकपाले तात्कालिक लेटाङ, जाँते, भोगटेनी र वारङगी गा.वि.स.मा दश वर्षे महान जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने १६ जना वीर सहिदहरूको नाममा सहिद स्मारक पार्क बनाउन जरुरी देखिएको भन्दै स्थानीय नगर सरकारको नेतृत्वमा तत्कालीन माओवादी पार्टीका सबै घटकहरूको संयुक्त पहलमा उपयुक्त स्थान छनोट गरी तत्काल यसको सिलान्यास गर्ने पहल गर्न पनि माग गरेको छ ।

नेकपाले शालिक भत्काईएको र सारिएको घटनाको घोर निन्दा एवम भत्र्सना गर्दै कमजोरी सच्चाउन पनि आग्रह गरेको छ ।

विज्ञप्तिको पूर्णपाठ


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।