६ जेष्ठ २०८१, आईतवार

दलाल पुँजीवादको अन्त्य विना जातीय विभेद अन्त्य हुदैनः विवेक सी

0

दैलेख । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्य कर्णाली व्युरो ईन्चार्ज विवेक सीले श्रमिक वर्गलाई विगतका सामन्ती शासकहरुले सानो र ठुलो जातमा विभाजन गरेको वताउदै त्यो हटाउन दलाल पुँजीवादी व्यवस्थाको अन्त्य गर्नु पर्ने बताएका छन ।

नेपाल कम्युनिस्ट पार्टी श्रमिक समुदाय मोर्चा नेपालको केन्द्रीय विभागको आयोजनामा जिल्लाको दुल्लु नगरपालिकामा मंगलबार आयोजित ‘परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्व’ वारे अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता विवेकले यस्तो कुरा बताएका हुन ।

उनले दलाल पुँजीवादी व्यवस्थाले जात व्यवस्थालाई संरक्षण गरेको र समाजमा थप विभाजन ल्याएको बताए ।
नेता विवेकले मानिसको एउटै जाती हुनुपर्ने कुरामा जोड गर्दै कोही सानो र कोही ठुलो हुन नहुने र सवै समान हुने गरी सी जातीको विकासमा जोड दिनुपर्ने बताए । श्रमिक वर्गको पूर्णमुक्ति नेपाली बिशेषताको समाजवादले मात्र दिने पनि उनले ठोकुवा गरे ।

कार्यक्रममा श्रमिक समुदाय मोर्चा नेपालको केन्द्रीय विभाग ईन्चार्ज सन्तोसी सीले ‘परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्व’ शिर्षकको कार्यपत्र प्रस्तुत गरेकी थिईन । उनले कार्यपत्र प्रस्तुत गर्दै दलाल पुँजीवादी व्यवस्थामा जातीय विभेद अझै बढेर गएको र राज्य नियन्त्रण तथा उन्मुलनमा असफल भएको बताईन ।

कार्यपत्रमाथि टिप्पणी गर्र्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सदस्य तथा दैलेख जिल्ला ईन्चार्ज कलम सी,क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार वीरेन्द्र वहादुर सिहं,नेपाल कम्युनिस्ट पार्टी दैलेखका सेक्रेटरी प्रकाश सी,अखिल (क्रान्तिकारी)केन्द्रीय समिति सदस्य उदय सी,नेकपा(एमाले)दुल्लु नगर समिति सचिव उदयराज शर्मा,नेकपा(एकीकृत समाजवादी )जिल्ला सचिवालय सदस्य कमल रिजाल ,नेपाल दलित संघ दैलेखका अध्यक्ष दिपक बिश्वकर्मा र पञ्चकोशी धार्मिक समाज दुल्लुका अध्यक्ष भक्ति प्रसाद रिजालले व्यवस्था समस्यामा परेको बताए । उनीहरुले व्यवस्था नफेरे सम्म समाजको अवस्था र सामाजिक विभेदको घटनाहरु पनि उन्मुलन नहुने दाबी गरे ।

सन्तोसी सीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विरु सीले गरेका थिए भने स्वागत मन्तव्य श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सदस्य जनक सीले दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।