२५ बैशाख २०८१, मंगलवार

उत्पादन र क्रान्ति

0

भूमिका
सही बिचार कहाँ बाट आउछ ? के आकासबाट आउछ ? अह ! के मनमा सहज उब्जिन्छ , अह ! सही बिचार ३ किसिमका सामाजिक व्यवहारबाट आउछ । (१ ) उत्पादनका निम्ति संघर्ष (२) बर्ग संघर्ष (३) बैज्ञानिक प्रयोग । क माओ
‘बाँदरबाट मानिसमा रुपान्तरण हुदा श्रमको भूमिका कुन स्तरको हुन्छ भन्ने कुरा एंगेल्सले राम्रोसंग बताएका छन् । स्वयम् मानब जति आफ्नै विकासको लागि पनि उत्पादन र श्रम कार्य अनिवार्य बन्दछ । सामाजिक रुपान्तरण , आत्मनिर्भरता र स्वतन्त्रताको लागि अनिवार्य अंग हो उत्पादन । श्रमबिना न त मानव समाज अगाडि बढ्दछ न सामाजिक सम्बन्धहरुका विकास नै हुन्छ । उत्पादन बिना परिवार,पार्टी ,आन्दोलन र क्रान्ति पनि चल्दैन । न त स्वाभिमान र स्वतन्त्रता नै मिल्छ न त क्रान्ति नै हुन्छ ्रउत्पादन बिनाको क्रान्ति अर्थतन्त्र बिनाको राजनीति जस्तै ढोंग पाखण्डि हुन्छ ्र २१ औ शताब्दीमा उत्पादन र क्रान्ति ( राजनीति र आर्थिक ) संगसंगै जान्छ यहि नै एकीकृत जनक्रान्ति को विशेषता हो’

१) उत्पादनमा होमिनुको कारण ः–हामी तीन कारणले उत्पादनमा होमीऔ अर्थात उत्पादनलाई क्रान्तिको अभिन्न अंग बनायौ ।

क) दलालिकरणको प्रक्रियाबाट वँच्न

उत्पादन र श्रम प्रक्रियाको बारेमा दार्शनिक हिसाबले गुरुहरूले धेरै कुरा प्रष्ट पारिसक्नुभयको छ । समस्या ब्यवहारमा उतार्ने चुनौती हो । नेपाली कम्युनिस्ट आन्दोलनको गम्भीर समीक्षा पछि हामीमा केही नयाँ प्रश्नहरु देखा परे । जुन जनता ,कार्यकर्ता , पार्टी र आन्दोलनका साझा प्रश्नहरु हुन । गाँउ बस्तीमा जाँदा कार्यकर्तासंग छलफल गर्दा आफ्नै सहयोद्धा साथीहरुसंग छलफल गर्दा एउटा जबर्जस्त प्रश्न हाम्रो अगाडि देखा पर्यो । क.विप्लब पनि प्रचण्ड वा के पी जस्तो बन्दैन वन्ने आधार के छ ? केपी ओली पनि १४वर्ष जेल बसकै हुन् । प्रचण्ड पनि १० बर्ष देश र जनताको लागि लड़कै हुन् । आखिरमा उनीहरु दलालहरुको सेवामा किन पुगे ? किन उनीहरुले आफ्नो वर्ग पक्षधरर्तालाई छोढेर वर्ग बैरीहरु को साथमा पुगे ?
नियतले मात्रै हो भने केपी ओलीको १४ वर्षको जेल र प्रचण्डले नेतृत्व गरेको महान जनयुद्ध वर्ग बैरीहरुको लागि थिएन । नियतले काम गर्दो रहेनछ । काममा परिणाम के आयो भन्ने कुराले निर्णय गर्दो रहेछ । अब वर्ग बैरीहरुको क्याम्पमा विप्लब पुग्दैनन भन्ने आधार के ? यो प्रश्नले विप्लब कमरेडलाई घेरिरहेको थियो । यसको भावनात्मक उत्तरले वा सामान्यतया विश्वास गरिदिनुस न भन्ने तर्कले वा मेरो विगतको पृष्ठभूमिलाई हेर्नुस भन्ने उत्तरले वा म धोका दिन्न भन्ने प्रतिबद्धताले मात्रै भित्रैबाट मानिस हरुलाई चित्त बुझिरहेको थिएन । यसको एउटासही तार्किक र वैज्ञानिक जवाफको खोजी थियो यो खोजी गर्ने काम क.बिप्लबको नेतृत्वमा हाम्रो पार्टीले गर्यो । लामो अनुसन्धान र छलफल प्िरक्रया पछि धेरै सुझाव र अनुभबहरुको केंन्द्रीकरण पछि यसबारे निश्कर्षहरु निस्किए । यी सबैका झण्डै आधा दर्जन कारणहरु छन् । त्यसमध्यको एउटा मुख्य कारण अर्थ दृष्टिकोण , अर्थ सम्बन्ध र आर्थिक आधार हुन् भन्ने पार्टिले निश्कर्ष निकाल्यो ।

जुन नेता आत्मनिर्भर हुदैन , आर्थिक हिसाबले जुन पार्टी आत्मनिर्भर हुदैन , जुन आन्दोलन आत्मनिर्भर हुदैन र जुन देश आर्थिक हिसाबले आत्मनिर्भर हुदैन् अन्ततः उनीहरु दलालहरुकै मातहतमा पुग्नु पर्छ । केपी र प्रचण्डहरुले गरेका वर्ग सङ्घर्ष, निर्माण गरेको पार्टी र सामाजिक रुपान्तरणमा लिईएको पहल देश जनता कै निम्ति थियो । तर यी कामहरु गर्न आवश्यक पर्ने आर्थिक निर्माण गर्न सक्नुभएन । प्रारम्भमा उहाँहरुले जनातासंग सहयोग मागेर आन्दोलन आगाडि बढनु भयो । त्यसबेलासम्म अन्दोलन ठिकै थियो । जब आन्दोलनले फराकिलो रुप धारण गर्यो । जब आन्दोलनले नयाँ नयाँ उचाईहरु लिए, संगठन वर्ग संघर्ष सामाजिक रुपान्तरणले ठुलो आकार लियो त्यसलाई धान्न अर्थतन्त्र जुट्न सकेन । त्यसपछि अनिवार्य रुपमा अन्दोलन धान्नकालागि अर्थतन्त्र जसको कब्जामा थियो उसैसंग सहयोग लिन पर्ने बाध्यता बन्न पुग्यो । त्यहि वाध्यताले साम्राज्यबादी तथा दलाल पँुजीवादीका सर्तहरु क्रमश ः मान्दै जानुपर्ने उनीहरुका स्वार्थहरुलाई सम्बोधन गर्दै जानुपर्ने क्रमश आफ्नो वर्ग पक्षधरतालाई कमजोर पर्दै वर्ग बैरीको पक्षधरतामा उभिने ठाउँमा पुग्नु पर्ने भयो ।
जब पार्टी सत्ता ,चुनाब ,सरकार र राज्यका महत्वपूर्ण ठाउँमा आईपुग्न थाल्यो तब त्यहाँ हुने प्रतिस्पर्धामा अझै ठुलो पूँजीको आबश्यकता पर्यो । देश भित्रको दलालहरुले गर्ने सहयोग र पूँजीले मात्रै यो प्रतिस्पर्धामा नपुग्ने भयपछि त्यो प्रतिस्पर्धामा अब्बल साबित हुन अन्तर्राष्ट्रिय दलालहरु चाहियो र उनीहरुको नजिक जानुपर्ने भयो । एनसेल , बुढिगण्डकी ,एमसीसी, अरुण तेस्रो र अपर कर्णाली जस्ता राष्ट्रघातमा सामेल भै पैसा लिनु पर्ने भयो । यसरी सम्राज्यवादको दलाली गर्न पर्ने ठाउँमा नेता र पार्टीहरू बदलिए ।
प्रचण्ड र केपी ओलीको नियत सहि नै थियो । उद्देश्य पनि सहि नै थियो तर परिणाम सहि आएन । तर त्यसलाई धान्ने आत्मनिर्भर अर्थतन्त्रको अभाबमा वर्गबैरीको कित्तामा उभिन बाध्य हुनु भयो ।
क.विप्लब सीले नेतृत्व गरेको पार्टी र आन्दोलन (एकीकृत जनक्रान्ति)ले आर्थिक हिसाबले आत्मनिर्भर बनेन भने यो पार्टी र नेतृत्व पनि वर्गबैरीको कित्तामा उभिनेछ वा विघटन वा पराजय हुनेछ । यही निश्कर्षले पार्टीलाई उत्पादन प्रकियामा होम्यो ।

(ख) दैनिक व्यवहारिक जटिलता हल गर्न

पार्टीको दैनिक जीवन गाँस बासको लागि दलाल पुँजीपतिसंग हात पसार्न पर्ने थियो । यसरी क्रान्तिकारी आन्दोलनलाई निरन्तर अगाडि बढाउन सम्भब थिएन । दिर्घकालिन हिसाबले यो असम्भब थियो । तत्कालिन हिसाबले पनि जटिल वन्दै गईरहेको थियो । बैरीसंग सहयोग माग्न जादा हिनताबोध अपमान महसुस भइरहेको थियो । त्यसैले यसको विकल्प खोज्नु पर्छ भन्ने निष्कर्षमा पार्टी पुग्यो । उत्पादन कार्यलाई अझै अगाडि बढाउने कुरा जोड दियो । पार्टीको दैनिक कार्य संचालन र आत्मनिर्भर गराउन उत्पादन कार्य अनिवार्य बन्यो । यसमा हाम्रो दिर्घकालिन लक्ष्य पनि जोडिएको छ ।
आत्मानिर्भरता बिना स्वतन्त्रता हासिल गर्न सकिन्न । संसारका वर्गसंघर्ष ,युद्धहरुको अन्तिम केन्द्रीय लक्ष्य स्वन्त्रता प्राप्त गर्नु हो । त्यो स्वतन्त्रता आत्मनिर्भरता बिना सम्भब छैन । आत्मनिर्भर भनेको मुख्य रुपमा आर्थिक अवस्था सुदृढ बनाउनु हो । उत्पादन प्रकियामा जोडिदै पार्टी उत्पादन कार्यमा सहभागी भई उत्पादनमा जोडिने अन्तिम निश्कर्षमा पुग्यौं । यसकार्यले स्वयं नेता कार्यकर्तामा पनि उर्जा थपेको छ ।

ग) चन्दाको भरबाट पार्टीलाई जोगाउन

पार्टी संचालन गर्न आर्थिक चाहिन्छ । लेवि , कोटा , विशेष सहयोग लिनु पार्टीको आन्तरिक तरिका हो । यो सङ्गै पार्टीको लागि श्रम गर्ने । सत्ता निर्माण गरेर कर लिने तरिका छन् । तर पार्टी सन्चालनको निम्ति चन्दा मुख्य माध्यम हो । चन्दाद्वारा पार्टी संचालन गर्ने बिषयले केही जटिलताहरु थपेको छ । पहिलो आर्थिक हिसाबले सहयोग दिन सक्ने जनताको पंक्ति कम छ । ठूलो पूँजी दलाल पँुजीपतिसंग मात्र केन्द्रीकरण भइरहेको छ । चन्दा भन्ने वित्तिकै अन्ततः दलाल पुँजीपति आउँछ । जब दलालसंग पैसा लिईन्छ उसैसङ्ग गरिने संघर्ष मनोबैज्ञानिक ,राजनीतिक र नैतिक हिसाबले कमजोर हुन्छ । जोसंग संघर्ष गर्नुपर्ने छ त्यहीसंग आर्थिक लिने कुरा सबै हिसाबले बेठिक हो । दुश्मनसंग चन्दा संकलन नगर्ने दिशामा पार्टी जानुपर्ने थियो र गइरहेको छ । पार्टीको कार्यक्रमहरुलाई संचालन गर्न पूर्णकालिन कार्यकर्तालाई रेखदेख र संरक्षण गर्न पार्टीमा विभिन्न बेला आइपर्ने उपचार लगायतका हुने खर्चहरुको व्यवस्थापनको लागि दलाल पुँजीपतिसंग चन्दा नलिने भयपछि नयाँ आम्दानीको विकल्पहरु सुरु गर्न पर्ने थियो । त्यो विकल्प भनेको उत्पादन हो ।

चन्दाजस्तै सजिलै आउने रकमले हर हिसाब दुरुस्त राख्न सोधपुछ अनुगमन र अनुगमन फितलो वनाउने आधार हुने रहेछ । हिसाब चुस्त दुरुस्त छ वा छैन भन्ने कुरा पार्टी कमिटिका एजेन्डा बन्न छाडे अर्थात् बनेपनी ती एजेन्डा कारबाही वा नकारात्मक रुपामा बन्न पुगे । सजिलै पैसा आउने बिधिद्वारा संचालित पार्टीमा आर्थिक अपारदर्शी हुने बस्तुगत आधार त्यही भित्र रहन्छ । यसलाई भत्काउनको निम्ति पार्टी उत्पादन प्रक्रियामा गयो ।
बिगतमा जस्तै सहजै चन्दा संकलन हुने स्थिति रहेन । पहिलो ः–राजनीतिक आन्दोलन पछि पनि जनताले सोचेको जति परिवर्तन हुन सकेन । जनताको अपेक्षामा ठूलो तुसारापात भयो । राजनीतिक आन्दोलनलाई आर्थिक सहयोग गर्ने जागर जोश र उमंग पनि हराउदै गयो ।
दोस्रो ः– क्रमश देश आर्थिक संकटमा पनि पर्दै गयो । जनताले सहयोग गर्न नसक्ने र दलाल पुँजीपतिले सहयोग गर्न नचाहने कारणले आर्थिक संकलन को प्रक्रिया विगतको जस्तो सहज पनि देखिएन । यी दुई कुरालाई हेर्दा आर्थिक संकलन गरेर संचालन गर्ने पार्टीको भविष्य नरहेको निश्कर्ष निस्किन्छ । चन्ंदाबाट पार्टीलाई जोगाउनपर्छ भन्ने उद्देश्य केन्द्रमा राखेर हामी उत्पादन प्रक्रियामा हाम फाल्यौ ।

घ).श्रम संस्कृति निर्माण गर्न

खासमा श्रमको भूमिका कस्तो हुन्छ भन्ने कुरा हामीले सुरुमा चर्चा गरेका छौ, सहि ज्ञान प्राप्त गर्ने देखि मानब जतिको विकासलाई यो स्तरसम्म पुर्याउनको निम्ति श्रमको महत्वपूर्ण भूमिका छ । ऐतिहासिक भौतिकबादी दृष्टिकोणले हेर्दा स्वयम मान्छे –मान्छे बन्न को निम्ति श्रम अत्यन्त जरुरी छ । यो हिसाबले श्रमको मूल्यको स्तरमा सायद दुबिदा छैन । यसको भूमिका निकै नै माथि छ । श्रमलाई पुँजीबजारमा लगिसकेपछि श्रमका भूमिकाहरुलाई विकृतढंगले बाख्या गरेका छन् । त्यो बारे यय लेखमा धेरै चर्चा गर्दैनौ । हाम्रो मुख्य विषय श्रम संस्कृति निर्माण कसरी गर्ने भन्ने हो । हामीलाई के निष्कर्ष निकाल्यौ भने राज्यको सम्पति होस वा सार्बजनिक सम्पति होस् वा पार्टीको सम्पति त्यसमा बँच्नु भनेको शोषण हो । शोषणको मुख्य आधार उसले जे चिज प्राप्त गर्नको निम्ति जुन श्रम गर्न पर्ने हा,े त्यो नगरिक प्राप्त गर्छन भने त्यो शोषण हो । आफ्नै बाउको सम्पति मा कुनै छोरा वा छोरीले श्रम नगरी खान्छ वा बाँच्दछ भने त्यो शोषण हो । आफ्नै बाउको सम्पतिमा पनि श्रम गरेर खानुपर्दछ र बाँच्नुपर्दछ । यो हाम्रो श्रम दृष्टिकोण हो । त्यसैले श्रम संस्कृति निर्माण गर्ने उद्देश्य सहित हामी उत्पादनमा जुटिरहेका छौ । यसले हामीलाई एकातिर आत्मसम्मान दिन्छ अर्को तिर मानिसलाई शारीरिक रुपमा स्वस्थ राख्न र त्यसको विकास गर्नको निम्ति मद्दत पुग्दछ ।
दुस्मनले आफ्नो शक्तिलाई वा विरासतलाई धान्न श्रम संस्कृति बारे विकृत ढंगले परिभाषित गरेको छ । शारीरिक श्रम गर्नेहरुलाई अपमानित गर्ने । श्रम गर्नेहरुलाई निरुत्साहित गर्दछन् । हामी त्यसलाई बदल्न चाहन्छौ ।
मन्दिरहरु ,प्राकृतिक स्थलहरु घुम्ने , बिबाह पार्टीहरु ,भोजहरु , देश विदेश घुम्न गएका सेल्फि खिचेर सामाजिक संजालमा हाल्ने चलनहरू प्रसस्त थिए र छन । हाम्रो पार्टीले उत्पादन अभियान चलाएपछि मल बोक्दै गरेको आलु खन्दै गरेको धान काट्दै गरेको फोटाहरु सामाजिक संजालमा गर्बका साथ हालेको देखिन्छ । यसले के संकेत गर्छा भने दुश्मनले श्रमलाई निचतामा ढालेको थियो । त्यसमा आंशिक रूपमा क्रमभङ्ग भएको छ । उत्पादन संस्कृतिसंग जोडिएर नयाँ उर्जाशिल श्रम संस्कृति निर्माण गर्ने प्रकिया शुरुवात भएको छ ।

ङ) .दलाल पुँजीबादसंग प्रतिस्पर्धा गर्न ः

दलाल पुँजीबादसंग सांस्कृतिक ,आर्थिक र सामाजिक हिसाबले प्रतिस्पर्धा नगर्ने तर राजनैतिक हिसाबले मात्र प्रतिस्पर्ध गर्दा सङ्घर्ष कमजोर र फितलो हुन पुग्यो । पुँजीवादले नयाँ –नयाँ अबसरहरु तयार पार्दै आफ्ना सबै बिरोधी राजनैतिक शक्तिहरुलाई तह लाउन थाले र उनीहरुले सफलता हासिल गरे ।
विश्व पुँजीवादले आफ्नो शोषणलाई कसरी टिकायो ? भन्ने कुरा गहिरो संग अध्ययन गर्दा ,माक्र्सले लेखेको पूँजी देखि अहिलेका सबै अर्थशास्त्रीहरुको तर्क ,बहस र छलफल सुन्दा पुँजीवादी अर्थतन्त्र सबै भन्दा शोषणमुलक अर्थतन्त्र र शोषणमा आधारित अमानवीय अर्थ व्यबस्था भएर पनि यसले नै सफलता हासिल गरिरहेको छ । यसको कारण अर्थतन्त्र नै हो । राजनीति ,संस्कृति ,सामाजिक सम्बन्धहरु समाजको उपरि संरचनाहरु हुन् अर्थतन्त्र आधार हो । पुँजीवादी व्यबस्थालाई परास्त गर्ने हो भने मानब श्रमको शोषण ,प्राकृतिक दोहन , बिज्ञान र प्रबिधिको एकलौटी प्रयोग वारे गहिरो अध्ययन गरि सङ्घर्षका नयाँ मोर्चा खोल्नुपर्दछ । आर्थिक आधारमा हामीले प्रतिस्पर्धा गर्नुपर्छ । विगतमा राजनैतिक हिसाबले भण्डाफोर गर्ने काम पर्याप्त भयो । यो धेरै नै महत्वपूर्ण रहयो । सामन्ती समाज रहुन्जेलसम्म राजनैतिक स्वतन्त्रताको नाराले मानिसहरुलाई छोयो । आर्थिक आधार बलियो नदेख्दा पनि जनता स्वतन्त्रताको लागि राजनैतिक नाराको पछाडि सक्रियतापूर्बक लाग्ने स्तिथि देखा पर्याे । तर आज त्यो स्तिथि छैन । नेपाली समाज दलाल पुँजीबादमा प्रबेश गरेपछि लडाई राजनैतिक नाराहरुको वरपर मात्र केन्द्रित गर्यौ भने जनता प्रष्टता सहित संघर्षमा जान सम्भब छैन । अहिले विकास भएको सूचना प्रबिधि , मानब मनोविज्ञान र बिश्वब्यापी विकास भएका अर्थ नियमहरु हेर्दा अव अर्थ रजनीतिको व्यवहारिक प्रयोग सहित क्रान्ति प्रक्रिया बढाउनु पर्दछ । अन्यथा जनतनहरू आन्दोलनमा उत्रिने स्तिथि रहन्न । दलाल पुँजीबादलाई परास्त गर्ने हो । यसको मुख्य जरा दलाल अर्थतन्त्रलाई भत्काउन पर्दछ । पुाजीवादीले आर्थिक बलमा हतियार देखाउदै राजनीतिलाई नियन्त्रण गर्न सफल भएको छ । दलाल पुँजीबादी संस्कृति , सामाजिक मनोविज्ञान र मुख्यतया दलाल पुँजीबादी अर्थतन्त्र विरुद्ध सुरु देखि नै संघर्ष गर्नु पर्छ । त्यसको निम्ति राजनैतिक नारा र कार्यक्रम मात्रै अपर्याप्त हुन्छन । आर्थिक नारा र आर्थिक कार्यक्रम अनिवार्य हुन्छन् । अब आर्थिक नाराले मात्रैले पनि जनतालाई सम्बोधन गर्दैन । यस्तो आर्थिक नारा चाहियो जुन प्रयोग द्वारा पुष्टि होस् । जुन जनताको खुला आँखाले पनि प्रस्टसंग देखोस । जुन आम जनताको साथ र सिर्जनशीलता सहित अगाडि बढोस । दलाल पुँजीबादसंग प्रतिस्पर्धा गर्ने हो भने हामी अनिवार्य रुपमा उत्पादन कार्यमा जान पर्छ । नेपालमा उत्पादन मुख्यतया कृषिबाट सुरु गर्नु पर्छ र यसलाई औद्योगिकरण को दिशातर्फ लैजानु पर्छ । नेपालमा समाजबाद निर्माण गर्नको निम्ति एउटा दह्रो भरपर्दो आत्मनिर्भर अर्थतन्त्र र जनशक्ति चाईन्छ । यो प्रकियामा सगै गरिने राजनैतिक, सांस्कृतिक , सामाजिक र फौजी आन्दोलनले मात्र दलाल पुँजीबादसंग प्रस्टसंग प्रतिस्पर्धा गर्न सक्छ । यसरी आम श्रमिक जनतालाई उत्साहित गरेर समाजबाद निर्माणमा योगदान पुराउन सकिन्छ । दलाल पुँजीबादसंग प्रतिस्पर्धा गर्दै समाजबादको आधार खडा गर्न पनि उत्पादन कार्य अनिवार्य छ । यसको लागि हामी उत्पादन कार्यमा प्रबेश गरेका छौ ।

२) उत्पादन र एकीकृत स्वामित्व

हाम्रो पार्टीले उत्पादन प्रक्रियासंगै स्वामित्वको प्रश्नमा नयाँ धारणा अगाडि सारेकोको छ । उत्पादन कार्यमा निजि स्वामित्व र सामुहिक स्वामित्व दुवै तरिकाहरु प्रयोग भइरहेका छन् । यी दुवैको उत्पादनमा महत्त्व छ । आदिम साम्यवादी युग पछाडि दास , सामन्ती र पुँजीवादी युगहरुमा हजारौं बर्षदेखि निजी र सामुहिक दुवै स्वामित्व प्रयोग भएपनि मुख्य निजी स्वामित्व वन्यो । जसमा सम्पतिको स्वामित्वहरु निजी हुने र त्यसको प्रयोग निजी ढङ्गबाट भयो । यसले समाजलाई विकास गर्दै पँुजीवादसम्म ल्यायो । निजी स्वामित्वको यो प्रगतिशील चरित्र थियो । त्यसकारण एउटा कोणबाट हेर्दा निजी स्वामित्वको पनि महत्व थियोे । यसको पनि समाज रुपान्तरणमा योगदान छ भन्ने कुरालाइ हामी स्विकार गर्दछौं । निजी स्वामित्वले समाजलाइ बिकास गर्ने कारणहरु , अवयहरु र प्रेरक तत्वहरू पुजीवादको चरम विकाससगै भत्किदै स्खलित हुँदै र कमजोर हुँदै गयो ।
अब निजी स्वामित्वले मानवजातिको विकासमा धेरै योगदान दिन सक्दैन । समाजलाई समाजवादी दिशातिर लैजान सक्दैन । निजी स्वामित्वले मानिस र समाजलाई स्वतन्त्रता दिन सक्दैन । स्वतन्त्रता अब सामुहिक जीवन र स्वामित्वबाट प्राप्त हुन्छ भन्ने मान्यता कैयौं गुणा बैज्ञानिक र तर्कशिल छ । तर बिसौ र एक्काइसौं शताब्दीमा प्रयोग भयका सामुहिक स्वामित्वको पनि केही सीमाहरु देखियो । ती सीमाहरु नभत्काउने हो भने समाजलाई बैज्ञानिक समाजवादको दिशातिर लैजान सक्दैन । निजी स्वामित्व खराब हो भन्ने बिषयमा कम्युनिस्टहरु बिच कुनै बहस र खासै विवाद छैन । तर सामुहिक स्वामित्वको सीमाबारे कम्युनिस्ट,क्रान्तिकारी हरुको बिचमा बहस छलफल र नयाँ –नयाँ निश्कर्षहरुको अभाब भने प्रशस्त छ । खासगरी ,जो बिसौ शताब्दीमा विकास भइरहेकै पुँजीवादी देशहरुलाई बिस्थापित गरेर बनेका समाजवादी देशहरु रुस ,चीन , भियतनाम , कोरिया,क्युवा र पूर्वी युरोप लगायतका देशहरुमा सामुहिक स्वामित्वको अभ्यासमा त्रुटिहरु र अवैज्ञानिकता देखिए । यसलाइै सुधार नगर्ने हो भने सामुहिक स्वामित्वले अबको बिश्वमा प्रभाब जमाउन सक्दैन । त्यसैले अबको बिश्वलाई रुपान्तरण गर्न चाहने शक्तिहरुले ,कम्युनिस्टहरुले सामुहिक स्वामित्वमा भएको सीमाहरुलई भत्काउन आट गर्नै पर्दछ ।

पुँजीवादीले समान कामको असमान ज्याला दियो । यो शोषणमा आधारित थियो । यो दमनमा आधारित थियोे । यो अमानवीयतामा र भेदभावमा आधारित भएको कारण यो गलत थियो । ठीक त्यसैगरी सामुहिक स्वामित्वले असमान कामको समान ज्याला दिएर त्रुटि गर्यो । नयाँ कामको लागि नयाँ प्रतिस्पर्धा नयाँ उत्पादनको निम्ति नयाँ प्रतिस्पर्धा ,नयाँ रुचि र जागर निर्माण गर्ने सन्दर्भमा सामुहिक स्वामित्वका सीमाहरु प्रष्ट देखा परे । जसले जति काम गरेपनि समान ज्याल भयपछि अतिरिक्त काम गर्ने व्यक्तिहरुको इच्छा र चाहनमा बस्तुगत रुपले कमजोर हुँदै गयो र विकासमा अवरोध हुँदै गयो । निजी स्वामित्वमा रहेको नयाँ काम ,नयाँ उत्पादन ,नयाँ जोशले सामुहिक स्वामित्वलाई पराजित गर्याे । निजित्वले गरेको विकासको अगाडि सामुहिक स्वामित्व फितलो भयो र मानिसहरुले निजी स्वामित्व रोज्न थाले । त्यसले गर्दा सामुहिक स्वामित्वको त्यो प्रश्नलाई पनि हल गर्नुपर्दछ । यसको निम्ति हाम्रो पार्टीको नवौं महाधिवेशनले के निश्कर्ष निकाल्यो भने अब निजी स्वामित्वबाट अगाडि बढ्न सम्भब नै छैन तर सामुहिक स्वामित्वको पनि सीमाहरु भत्काउनै पर्दछ । समाजवादलाई एक स्तरमा विकास गर्ने वेलासम्म संक्रमणकालिन स्वामित्वको नयाँ अवधारणा अगाडि बढाउनपर्छ भन्ने हाम्रो निष्कर्ष रह्यो । महासचिव क.बिप्लबले “मानव जातिको बिकासलाई नयाँ आर्थिक स्वामित्वको प्रश्नद्वारा हल गर्नु पर्दछ । त्यो भनेको एकीकृत स्वामित्व हो । “ भन्ने नयाँ अवधारणा ल्याउनु भयो त्यसैले अहिले हामी एकीकृत स्वामित्वको ठुला बहससगै हाम्रा उत्पादनको प्रक्रियाहरुमा निजी र सामुहिक स्वामित्वको सीमाहरुलाई भत्काउदै एकीकृत स्वामित्वको नयाँ विशेषता सहित उत्पादन प्रक्रियामा भाग लिनेछौ ।

३) उत्पादनको अवस्था

क) उत्पादनको पृष्ठभूमि

उत्पादनको बारेमा चर्चा गर्दा यसको पृष्ठभूमिमा जानु पदर्छ । सामान्यतयाः श्रम गर्नुपर्छ भन्ने कम्युनिस्ट आन्दोलनमा एउटा आचरण छदै थियोे । तर अहिले जुन उत्पादन कार्यमा सिङ्गो पार्टी लागेको छ । यसको पछाडि मुख्य दुई वटा घटनाले व्यवहारिक रुपमा उत्प्रेरित गर्यो । नीतिगत हिसबाले हामीलाई जहिल्यै श्रम गरिरहेको थियौ । व्ययवहारिक हिसाबले होमिनको लागि प्रतिबन्ध र कोरोनाले उत्प्रेरको जस्तो भूमिका खेल्यो । प्रतिबन्धले जनतामा जान र काम गर्न नयाँ तरिका सिकायो । कोभिडले ठुला संकटमा कृषिमा आधारित अर्थतन्त्र नै सबैभन्दा बढी आधारशिला बन्न्न सक्छ भन्ने कुरा देखायो । खासगरी प्रतिबन्धमा महासचिव जुन गाउँ बस्ती र पहाडमा जनताको बिचमा हुनुहुन्थ्यो त्यहाँ निकै नै धेरै आर्थिक जटिलता थिए । ती ठाउका जनताको उत्पादन प्रक्रियामा केही बदलाब ल्याउन र उत्पादनमा आधारित भएर बाँच्न सिकाउन र आफैलाइ पनि खानको लागि उत्पादन आवश्यक छ भन्न्ने बस्तुगत आधार बनिरहेको थियो । क विप्लव सी मा रहेको सुस्पष्ट कम्युनिस्ट अर्थ दृष्टिकोण र वस्तुगत परिस्थितिले युवा साथीहरुको सहयोग लिएर उत्पादन प्रक्रिया सुरु भयो । एकातिर व्यवहारिक हिसाबले त्यो अगाडि बढ्यो भने अर्कोतिर ८ औं केन्द्रिय समितिको ७ औं बैठकले कम्युनिस्ट अर्थ दृष्टिकोण पास गरेको दस्तावेजको व्यवहारिक प्रयोगको शुरुवात भयो ।
त्यतिबेला लुम्बिनी ब्युरो अन्तरगत दुई जिल्लाको संयुक्त जस्तो ढङले उत्पादनको प्रक्रिया सुरु भयो । सुरुमा केन्द्रिय कम्युन अन्तरगत थोरै जमिनमा उत्पादन सुरु भयो । क्रमशः बिस्तार गर्दै जमिन किन्ने भाडामा लिने र जनतासंग सहकार्य गर्दै केन्द्रिय कम्युन संचालनको लागि एउटा आधार देखा पर्यो । महासचिव र केही केन्द्रिय कमिटीका सदस्यहरू ,युवा कम्रेडहरु र महासचिवका परिवार सहितको पहलमा केन्द्रिय कम्युन सुरुवात भयो । त्यसैको वरिपरि सस्थागत ढङ्गले केन्द्रिय उत्पादन सुरु हुन थाल्यो । कुखुरा आफुलाई पुगेर पनि बजार जान थाल्यो । तरकारीमा आत्मनिर्भर र दीर्घकालीन प्रकृतिका फलफुलहरु रोप्ने काम अगाडि बढ्यो । अन्नपातका समस्या हल हुन थाले । बिस्तारै खसी ,कुखुरा ,गाई भैंसी पाल्ने प्रक्रिया अगाडि बढ्यो । त्यहाँ विचार, राजनीति , संस्कृतिसगै उत्पादन सहितको केन्द्रिय कम्युनको पूर्ण आकार देखा पर्न थाल्यो । त्यसैक्रममा पार्टी माथिको प्रतिबन्ध लामो समय टिकेन । त्यपछि केन्द्रिय कम्युन संगसंगै अन्य क्षेत्रमा पनि उत्पादन प्रक्रिया अगाडि बढ्यो । पार्टीले त्यसैबिच उत्पादन कार्य पार्टी कार्य को रुपमा बुझ्ने ,श्रम र समयलाइ बैज्ञानिक ढङ्गले बुझ्ने र सिङ्गो पार्टीलाई आत्मनिर्भर बनाउने र देशलाई आत्मनिर्भर बनाउन शुरुवात गर्ने निश्कर्षसहित देश ब्यापी रुपमा उत्पादनलाई अगाडि बढाउने पहलहरु बढ्यो ।

ख) हालको अवस्था

भर्खरै गएको ०८०को दशैमा हाम्रो पार्टीको केन्द्रिय उत्पादन विभागको वैठक महासचिवको अध्यक्षतामा बस्यो । त्यसले बर्षे बालिको समीक्षा र केही नयाँ उत्पादनका योजना अगाडि बढायो । पार्टीले प्रतिनन्धको बेला सुरु गरेको केन्द्रीय कम्युन सगैको उत्पादन पछि २०८० को शुरुवातसगै केन्द्रीय स्तरका ४ वटा उत्पादन केन्द्रहरु संचालन भए । कपिलवस्तु ÷अर्घाखाँचीलाई केन्द्र बनाएर एउटा ,दोश्रो बर्दिया , तेस्रो सुनसरी र चौथो चितवनमा केन्द्रिय उत्पादनको प्रक्रिया अगाडि बढ्यो । त्यतिबेलासम्म झन्डै एक दर्जन ब्युरो उत्पादन थिए । त्यस्तै २५÷२६ वटा जिल्लाका उत्पादन र पाँचवटा जवसका उत्पादन केन्द्र थिए । दशैमा भएको केन्द्रिय उत्पादन विभागको बैठक पछि यो प्रक्रिया तिव्रतामा वढाउने निर्णय भयो । हाल केन्द्रिय उत्पादन ७ ठाउँमा ,ब्युरोहरु २१ वटामा नै र पछिल्लो रिपोर्ट अनुसार ४१ जिल्ला उत्पादन र ७ वटा जवसका उत्पादन दुई ओटा विभागका उत्पादन केन्द्र रहेका छन ।
यसरी हेर्दा हाम्रो केन्द्र ,ब्युरो ,जिल्ला ,जवस र विभाग गरि छ दर्जनभन्दा बढी उत्पादन केन्द्र चलिरहेका छन । अझै यो थपिने क्रम जारी छ । यो सामग्री पाठक सम्म पुग्दा उत्पादन केन्द्रको सङ्ख्या बढेर यो डाटा नमिल्न पनि सक्दछ । सबै उत्पादनको अनुभवहरु सुन्दा र आफुले काम गरेको चितवनको अनुभूति हेर्दा हामी निकै उत्साहित छौँ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।