१६ चैत्र २०८०, शुक्रबार

वर्गमुक्ति र देशको स्वाधिनता जनपत्रकारहरुको मुख्य गन्तव्य हो

उमा भुजेल

0
कास्की:       नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा कास्की – गोर्खा जिल्ला इन्चार्ज उमा भुजेल ‘शिलु’ ले नेपालका उत्पीडित जनताको वर्गीय मुक्ति र साम्राज्यवादी दलाल पुजीवादको राष्ट्रिय उत्पीडनबाट देशलाई स्वाधीनता दिन जनपक्षीय पत्रकारिता, विशेषत जनपत्रकारहरुले काम गर्नुपर्ने र त्यसलाई आफ्नो पत्रकारिताको अन्तिम गन्तव्य बनाउनु पर्ने उल्लेख गर्नु भएको छ । 
जनपत्रकार संगठन नेपाल गण्डकी प्रदेश  समन्वय समितिद्वारा बुधबारबाट कास्कीको पोखरास्थित तमु समाजको हलमा शुरु गरिएको आधारभुत पत्रकारिता तालिमको उध्घाटन गर्दै मन्तव्य राख्ने क्रममा नेत्री शिलुले यस्तो बताएकी हुन् ।
     
जनपक्षीय मिडियाकर्मीहरुको उत्पादन र पेशागत दक्षता बृद्धि गर्ने उदेश्यले आयोजित तालिम तथा प्रशिक्षणको क्रममा केन्द्रीय सदस्य भुजेलले भनिन,-‘हाम्रो राजनीति यात्राको क्रममा चाहे विगतको भौतिक लडाईमा होस्, चाहे आजको शान्तिपूर्ण राजनीतिमा, पत्रकारिता र मिडिया निकै महत्त्वपूर्ण र कतिपय सन्दर्भमा त निर्णायक हुन गएको छ । बन्दुकले समेत गर्न नसकेका काम मिडियाले गर्न सक्छ, बन्दुकको आफ्नो ठाउँमा महत्व होला तर पत्रकारिताको सबैतिर महत्व छ । यसले तथ्यहरुलाई खोज्ने, बाहिर ल्याएर जनताहरु माझ पस्किने र तथ्यहरुलाई बाहिर ल्याउँछ भने अर्कोतिर नागरिकलाई सुसज्जित गर्दै समाजलाई अग्रगमनको दिशामा समेत डोर्‍याउन मद्दत गर्छ, उनले भनिन्, ‘हाम्रो देशको स्थिति निकै खराब अवस्थामा छ । भ्रष्टाचार, महङ्गी, गरिबी, असमानता र विदेशी हस्तक्षेप उत्कर्षमा देखिन्छ । यसको मुख्य कारण मुलुकको गलत शासन प्रणाली नै हो, यसलाई नबदली हामीले परिवर्तनको अनुभूति गर्न असम्भव छ ।’
    
देशको विग्रदोस्थित र सत्तासिन शासकहरुले नै नेपाल कतै श्रीलंका त बन्दैन ? भनेर सार्वजनिक अभिव्यक्ति दिइरहेको बेला फेरि केन्द्रिय सदस्य भुजेलले थपिन्,राजनैतिक दलहरुको इतिहासमा काङ्ग्रेसले सबै भन्दा बढी शासन गरेको छ, एमालेहरुले पनि थुप्रै पटक सरकारमा रहेर काम गर्यो, पछिल्लो पटक माओवादी समेत सत्तारुढ हुँदै आएको छ , उनीहरुको शासनमा उनीहरुले घरघरेडी जोडे, गाडी चढ्ने भए, चुनावमा करोडौं खर्च गर्न सक्ने हैसियत बनाए तर जनताको जीवन स्तर बदलिएको खै ? सामान्य जनताले राज्यका आधारभूत सार्वजनिक सेवा समेत पाउन गार्हो छ । हामी यो स्थिति बदल्न चाहन्छौँ, त्यो भनेको वैज्ञानिक समाजवादका लागि हाम्रो क्रान्तिलाई पूरा गर्ने कुरा हो, हामी त्यसका लागि निरन्तर अगाडि बढ्छौँ । जहाँ भेदभाव बिनाको राज्य  स्थापना हुनेछ ।’
     
त्यस्तै आधारभूत पत्रकारिता तालिममा विशेष अतिथिको रुपमा उध्घाटन शत्रमा प्रशिक्षण मन्तव्य राख्दै संगठनका केन्द्रिय संयोजक शेरबहादुर विश्वकर्मा “दर्शन” ले हामीले गर्ने पत्रकारिताको अन्तिम मिशन वैज्ञानिक समाजवाद हो, हामी त्यसलाई हासिल गर्न र समाजवादी क्रान्तिको अपरिहार्यता तथा अवधारणागत प्रष्टताका लागि पत्रकारिता गर्दैछौँ, स्वतन्त्र तथा व्यवसायिक पत्रकारिताको पनि अन्तर्निहित मिशन हुन्छ तर उनीहरु आफुलाई स्वतन्त्र र पेशागत छौँ भन्ने देखाउन खोज्छन् तर पत्रकारितामा पेशागत बनाउने नाममा सत्यको ताेडमरोड हुने गरेको छ भन्दै पत्रकारितालाई पेशागत र मिशनमा आधारित भनेर अलग्याउन नसकिने उल्लेख गरे ।
संगठनका केन्द्रीय सदस्य केबी गाउँलेले अध्यक्षता गरेको तालिममा सुदन विश्वकर्माले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन निरुता विश्वकर्माले गरेकी थिइन् । ३ दिनसम्म चल्ने आधारभूत तालिममा नेकपा कास्कीका सेक्रेटरी काजी गुरुङले  समेत शुभकामना मन्तव्य राखेका थिए ।
 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।