३ जेष्ठ २०८१, बिहीबार

डोल्पामा पूर्व सई सहित एक दर्जन युवा नेकपामा प्रवेश

0

काठमाडौं । डोल्पाका पूर्व प्रहरी सई सहित एक दर्जन युवाहरु नेपाल कम्युुनिष्ट पार्टीमा प्रवेश गरेका छन । शुक्रवार नेकपा डोल्पा जिल्लाको छैटौं पूर्ण बैठक बस्ने तयारीसंगै एक दर्जन युवाहरु नेकपामा प्रवेश गरेको नेकपा डोल्पाले जनाएको छ ।

पार्टी प्रवेश गर्नेहरुमा राष्ट्रिय अनुसन्धान प्रहरीका एकजना पूर्ब सई चक्र चन्द सहित एक दर्जन युवा रहेका छन । उनीहरुले नेपालमा राष्ट्रिय स्वाधीनताको पक्ष देखि देशको वर्तमान राजनीतिक संकटको निकासको लागि नेकपाले विशेष पहल गरिरहेकाले अवको विकल्प नेकपा वाहेक अर्को हुन नसक्ने देखेर नेकपामा प्रवेश गरेको बताएका छन ।

नेकपामा प्रवेश गरेका नवप्रबेशीहरुलाई पार्टीका केन्द्रीय सदस्य तथा दक्षिण कर्णाली ब्यूरो इन्चार्ज संगम सी र जाजरकोट जिल्ला इन्चार्ज बिराजन सीले अविर आवरण सहित बधाई दिएर स्वागत गरेका थिए ।

दक्षिण कर्णाली व्यूरो इन्चार्ज संगमले नेपाल कम्युनिष्ट पार्टी वास्तविक श्रमजीवी वर्गको पार्टी भएको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।