१७ बैशाख २०८१, सोमबार

पार्टीको नाम बेचेर गलत हर्कत गर्नेलाई कारबाही गर्ने नेकपा झापाको चेतावनी

0

झापा: झापाको दमक नगरपालिका आसपासमा पार्टीको नाम बेचेर मुद्धामामला मिलाउने, आर्थिक कृयकलाप गर्ने जस्ता गतिविधी गर्नेलाई नेपाल कम्युनिस्ट पार्टी झापाले कारबाहीको चेतावनी दिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी पश्चिम झापा जिल्ला सेक्रेटरी विनोद सीले विज्ञप्ति जारी गरि साे सम्बन्धमा विभिन्न निकायबाट जानकारी पार्टीमा आएको भन्दै यस कार्यप्रति पार्टीको ध्यानाकर्षण भएको बताएका छन् ।

पार्टीको नाम बेचेर गतिविधी गरिरहेका व्यक्तिहरुको पहिचान भैसकेको र उनीहरुको विगतदेखिको कृयाकलाप पार्टीलाई राम्राेसंग थाहा रहेको अवगत गराउँदै यस उप्रान्त यस्ता काम झुक्किएर पनि नगर्न नेकपाले विज्ञप्तिमार्फत चेतावनी दिएको छ । फेरि पनि यस्ता हर्कत दोहोरिए नाम सार्वजानिक गरेर सडकमा ल्याएर कारवाही गरिने जानकारीसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिकाे पूर्ण  पाठ-


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।