१६ चैत्र २०८०, शुक्रबार

बुधबारे हटियाका व्यवसायी विस्थापित गर्न डोजर लगाउने कार्य रोकियोस: नेकपा झापा

जबर्जस्त गरे प्रतिवाद गर्ने चेतावनी

0

झापा/नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लाको बिर्तामोड स्थित बुधबारे हटिया ( देवि हाट) मा १० औं बर्ष देखि राज्यलाई कर तिरेर व्यवसाय गर्दै आएका करिब ७२ जना व्यवसायीहरुलाई विस्थापित गर्ने गरी विर्तामोड नगरपालिकाले डोजर लगाउने तयारी गरेको बिषयप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ। नेकपा झापा इन्चार्ज प्रशान्त सी र सेक्रेटरी संजय सी ले बिहिवार एक प्रेस बिज्ञप्ती जारी गर्दै ब्यावसायीलाई विस्थापित गर्ने कार्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन ।

बिज्ञप्तीमा त्यस स्थानमा बिर्तामोड नगरपालिकाले बहुतले भवन बनाउने नाममा बिचौलिया र ठेकेदारको मिलेमतोमा कमिशनको खेल रहेको र यस्तो काममा संलग्न नहुन प्रहरी र स्थानीय प्रशासनलाई अनुरोध समेत गरिएको छ भने जबर्जस्त गरिए पीडित व्यवसायीको नेतृत्व गर्दै सशक्त प्रतिवाद गर्ने चेतावनी समेत दिइएको छ।

इन्चार्ज प्रशान्त र सेक्रेटरी सञ्जयद्वारा जारी बिज्ञप्तीको पुर्णपाठ:

बिर्तामोड स्थित बुधबारे हटिया ( देवि हाट) मा १० औं बर्ष देखि राज्यलाई कर तिरेर व्यवसाय गर्दै आएका ७० / ७२ जना व्यवसायीहरुलाइ विस्थापित गर्ने गरी विर्तामोड नगरपालिकाले डोजर लगाउने तयारी गरेको बिषय प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

त्यस स्थानमा विर्तामोड नगरपालिकाले बहुतले व्यवसायिक भवन निर्माण गर्ने बताउदै जमिन खाली गराउन खोजिएको बताए पनि यो कामको पछाडी कमिसनको ठूलो भांडो तयार गर्दै नगरपालिका, बिचौलिया, ठेकेदार र पंहुचदारहरुले आफ्नो स्वार्थ सिद्ध गर्ने वातावरण बनाउने खेल लुकेको छ । देशमा पैदा भएको यस्तो जटिल बित्तिय संकटको बेला यस्ता भवनको चर्चा हुनु र दाम्लो छिनाएरै डोजर लगाउन उद्धत हुनुले यो कुरालाइ पुष्टि गर्दछ ।

ब्यवसायीहरु झुण्डिएर मर्ने अवस्था बनेको यो समय उक्त हटियामा आतंक सृजना गर्दै डोजर लगाउन खोज्नु अमानवीय र जनबिरोधी हर्कत हो । हाम्रो पार्टी यो हर्कत तुरुन्त रोक्न नगरपालिका लाई चेतावनि दिन्छ । र, यस्ता काममा सहयोग नगर्न प्रहरी प्रशासन र सरोकारवालाहरुलाइ अनुरोध गर्दछ जबर्जस्ती गरिए पिंडित ब्यवसायिको नेतृत्व गर्दै ससक्त प्रतिवाद गरिने जानकारी गराउंदछौं ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।