३ जेष्ठ २०८१, बिहीबार

नेकपाका प्रवक्ता प्रकाण्ड सीको उपस्थितिमा काठमाडौंमा अन्तरक्रिया हुदै

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीको विशेष उपस्थितिमा शनिवार काठमाडौंमा अन्तरक्रिया हुदैछ ।

नेपाल कम्युनिष्ट पार्टी काठमाडौं १ नम्वर जिल्लाको आयोजनामा ‘वर्तमान राष्ट्रिय संकट र समाधान’ विषयमा महाराजगन्ज स्थित अथर्ब विजिनेश कलेजमा दिउसो १२ बजेबाट अन्तरक्रिया कार्यक्रम हुन लागेको हो ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रुपमा नेकपाका प्रवक्ता प्रकाण्ड सीको विशेष उपस्थिति रहने नेकपाले जनाएको छ ।
अन्य वक्ताको रुपमा नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी एमी भट्टराई, पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीका साथै विशिष्ट प्रोफेसर, डाक्टर, पूर्व प्रहरी तथा पूर्व प्रशासकहरूको उपस्थिति रहने बताईएको छ ।

देश अहिले निकै संकटमा भएको बेला देशको अबको निकासको बाटो के हुन सक्छ ? भन्ने बारे वक्ताहरुको विचार मन्थन हुने छ । नेकपा काठमाडौं १ नम्वर जिल्लांले कार्यक्रममा सहभागिता जनाउन सबैमा अपिल गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।