१३ बैशाख २०८१, बिहीबार

चर्को विरोधको वावजुट पनि एमसीसी पास गराउन सफल अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु विहिवार नेपाल आउदैं ।

0

काठमाण्डौ:      नेपाल स्टेट पार्टनरसिप प्रोग्राम ( एसपीपी ) नेपालले अस्वीकार गरेको केही साता पछि एमसीसी सम्झौता अनुमोदन गराउन भूमिका खेलेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु बिहिवार नेपाल आउने भएका छन् । दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहिवार र शुक्रवार नेपालमा रहने छन् । उच्च कुटनीतिक श्रोतका अनुसार उनी दुईदिने नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी यश अघि गत वर्षको मंसिर १ देखि ४ गते सम्म नेपाल आएका थिए । उनी त्यस वेला नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी ) सम्झौता संसदवाट अनुमोदन हुनुअघि नेपाल आएका थिए ।
                   उनले प्रधानमन्त्री शेर बहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भईसके पनि अन्य क-कसलाई भेटवार्ता गर्ने भन्नेवारे बाहिर जानकारी ल्याईएको छैन । लु ले यसअघि एमसीसी सम्झौतालाई संसदवाट अनुमोदन गराउन काठमाण्डौं आएर राजनैतिक र कुटनैतिक दौडधुप गरेका थिए । साथै उनले नेपालका शिर्ष नेताहरूलाई फोन गरेर एमसीसी अनुमोदन प्रकृयालाई अगाडि वढाउन पनि माग गरेका थिए । जस्लाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टेलिफोन गरेर एमसीसी परियोजना लिने कि नलिने ? धम्कीपुर्ण भाषा प्रयोग गरेको भन्दै सार्वजनिक कार्यक्रममै आपत्ति जनाएका थिए । एमसीसी नेपालले लागू गरोस् भन्ने अमेरिकाको चाहनाअनुरूप एमसीसी संसदवाट पास गराउन सफल मन्त्री लु एमसीसी परियोजना सञ्चालनको प्रमुख पाँच सर्ट मध्य संसदवाटै अनुमोदन गराउने सर्ट सफल भएका थिए । एमसीसी अमेरिकी सरकारले प्रत्यक्षरूपमा सञ्चालन गर्ने अमेरिकाको पृथक परियोजना रहेको हुनाले उनले एमसीसी परियोजना लिने कि नलिने भनेर एमसीसी पास गराउन दवाफ दिएका थिए । अहिले नेपालवाट नेपाली जनताको चर्को विरोधका कारण असार ६ गते देउवा सरकार एसपीपी लागू नगर्ने र सो अनुसार अमेरिकी सरकारलाई पत्रचार गर्ने निर्णयले चिंडियर संयूक्त राज्य अमेरिकासंग राज्य साझेदारी कार्यक्रम ( एसपीपी ) पास गराउन सहायक विदेशमन्त्री लु नेपाल आएको प्रस्त वुझ्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।