११ बैशाख २०८१, मंगलवार

दलाल संसदिय पुँजीवादी व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था अपरिहार्य आजको आवश्यकता हो

0

               २०७७ साल फाल्गुन २१ गते नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बीच ३ बुँदे समझदारी सम्पन्न भयो । सहमति को पहिलो बुँदामा भनिएको थियो की नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सास्कृतिक र स्वाधीनताको समस्यालाई शान्तिपूर्ण सम्बादमार्फत समाधान गर्ने । त्यसैगरी दोश्रो बुँदामा नेपाल कम्युनिस्ट पार्टीले सम्पुर्ण राजनीतिक कार्यक्रमहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने । त्यसैगरी तेस्रो बुदामा नेपाल कम्युनिस्ट पार्टी माथी लगाएको प्रतिबन्ध  खारेज गर्ने, झुट्टा मुद्दामा जेलमा रहेको सम्पुर्ण कार्यकर्तालाई  रिहाई गर्ने र नेपाल कम्युनिस्ट पार्टीको नेताकार्यकर्ता माथी लगाइएको सम्पुर्ण झुट्टा मुद्दा खारेज गर्ने । नेपाल कम्युनिस्ट पार्टी माथी लगाइएको प्रतिबन्ध त्यहि दिन खारेज भयो भने नेपाल कम्युनिस्ट पार्टीले आफ्नो सम्पुर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपामा संचालन गरिरहेको छ । तर सरकारको तर्फबाट गर्नु पर्ने अन्य कुनै पनि बुँदा आजसम्म कृयान्वयन गरिएको छैन । नेपाल कम्युनिस्ट पार्टीसँग भएको सहमतिलाई कार्यन्वयन गरेर देश र जनतालाई निकास दिनुको  सट्टा राज्यको नालयक दलाल साशकहरु एक पछि अर्को गर्दै राष्ट्रघाती सम्झौताहरु नेपाली जनतालाइ लाद्न तल्लिन छ । नेकपासँग भएको तेस्रो बुँदा कार्यान्वयन भएपछि पहिलो बुँदामा छलफल गर्ने भन्ने सहमति भएको थियो । पहिलो बुँदा अन्तर्गतको नेपालको राजनीतिक, आर्थिक लागाएत स्वाधीनताको समस्यालाई समाधान गर्नको निम्ति नेकपाले आफ्नो सु-स्पष्ट विचार अघि सारिएको थियो । जस अन्तर्गत नेपाली जनताले पटक/पटक नेपाल का सबै दल र नेताहरुलाई चुनावमा जिताएर पठाइयो तर  कुनै पनि दल र नेताले जनताको जीवन र भविष्यको बारेमा कहिल्यै केही गरेन । त्यसकारण अब पार्टी  र नेता छान्ने होइन कि जनतालाई आफ्नो भविष्य निर्माण गर्ने व्यवस्था छान्ने अधिकार जनता आफैलाई दिनु पर्दछ । त्यसका लागि दलाल सम्सदिय पुजीवादी व्यवस्था ठिक कि बैज्ञानिक समाजवाद ठिक भन्ने विषयमा जनमत संग्रहको चुनाव गरौँ र यदि जनताले दलाल पुजिवादलाई नै रोज्यो भने तिमी दलालहरु नै देश चलाउ यदि जनताले बैज्ञानिक समाजवादलाई रोज्यो भने हामी देश चलाउछौँ भन्ने नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक कार्यक्रम थियो ।

   नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको राजनीतिक कार्यक्रम बैज्ञानिक समाजवाद कि दलाल संसदिय पुजिवाद छान्नुको निम्ति जनमतसंग्रहको चुनाव गर्नुको सट्टा सरकार उहीँ पुरानै सडेगलेको काम नलाग्ने भएको स्थानिय तहको चुनावमा अघि बढ्याे । खासगरी सरकारले स्थानिय तहको चुनाव घोषणा गर्नुको कारण नेकपासँग गरेको सहमति तोड्नु थियो । त्यो चुनाव नेकपासंग भएको सहमतिको विरुद्धमा थियो । सरकार चुनावको तयारीमा जाने र नेकपा चुनावको विरुद्ध  बहिष्कारमा जान्छ त्यसपछि नेकपासंग भएको कुनै पनि सहमती पनि कार्यन्वयन गर्नु पर्दैन र चुनाब बहिस्कार गरेपछी यहि बहानामा नेकपा लाई पुर्न प्रतिबन्ध लगाइदिनु पर्छ भन्ने सरकारको षड्यन्त्रकारी बुझाइ थियो । नेकपालाई प्रतिबन्ध लागाएपछि मस्तराम राज्यको ढुकुटी लुतेर खानु पाउँछ र दलाल सत्ताको लुटको स्वर्ग अलिबार लम्बिन्छ र जनतालाई लुटिरहनु पाइन्छ भन्ने बुझाइ दलाल शासकको थियो । एकप्रकारले भन्दाखेरी गएको स्थानिय चुनाव नेकपालाई राज्यद्वारा थापेको राजनीतिक धराप थियो । त्यो राजनीतिक एम्बुसमा नेकपालाई फसाउनु पायो भने हाम्रो लुटको राज्यको आयु केही समय भएपनि लम्ब्याउन सकिन्छ भन्ने राज्यको दलाल शासकहरुको मनगढन्ते बुझाइ थियो ।

       त्यही सेरोफेरोमा २०७८/१२/४ गतेबाट नेकपा केन्द्रिय समितिको १२ औं पुर्ण बैठक नेकपाको नवनिर्मित केन्द्रिय कार्यलय कपिलवस्तुमा बसेको थियो । उक्त बैठकमा अन्य विविध विषयसङ्गै सरकारले २०७९/०१/३० गतेको लागि घोषणा गरेको कथित  स्थानिय तहको चुनावको सन्दर्भमा पनि बहस भयो । बहसमा केहीले चुनावको उपयोग गर्नुपर्ने, केहीले बहिस्कार गर्नुपर्ने र केहीले तटस्थ बस्नुपर्ने मिश्रित खालको प्रतिक्रिया आएको थियो । यी तिनै खालको प्रतिक्रियालाई एकीकृत गरेर पार्टी दर्ता गरेर चुनावमा नजाने तर यो सत्ताको धराप रुपि मोर्चालाई त्यसै नछाड्ने योजना अनुरुप प्रभाव क्षेत्र र सम्भाबित क्षेत्रहरुमा स्वोतन्त्र उम्मेदवारी दिने र दलाल पुजीवादी सत्ताको भन्दाफोर गर्ने र हाम्रो पार्टीको उदेश्य जनताको माझ लैजाने निर्णय एकमतले पारित गरिएको थियो । त्यसैगरी हाम्रो उम्मेदवार नभएको ठाउँमा देशभक्त, राष्ट्रवादी बामपन्थी, प्रगतिशील जनपक्षीय उम्मेदवारलाई सहयोग गर्ने नीति पास गरिएको थियो । यो नीति पास गर्नुको कारण पार्टीलाई जनताबाट नकटाउने र दुस्मनको एम्बुसलाई दुश्मन तिरै फर्काइदिने थियो । हाम्रो विचार जनतामा लैजाने र दलाल पुजीवादी सत्ताको व्यापक भन्डाफोर गर्ने मुख्य अभिप्रायले २०७९/०१/३० को स्थानिय चुनावलाई सामना गर्ने र दुस्मनको धरापलाई सहजै छल्न्ने निर्णय गरिएको थियो ।

   नेकपाले स्थानिय चुनावलाई स्वतन्त्र रुपमा उम्मेदवार दिएर फेस गर्ने निर्णय पारित गरेपछि सिन्धुली जिल्लाको मरिण गाउँपालिकाको अध्यक्ष पदमा चुनाव लद्ने मैले घोषणा गरे । चुनाब हुनु करिब २० दिन जति मात्र  हामीसँग समय थियो । हामीले हामीसङग भएको सबै सिमित श्रोत साधनलाई केन्द्रित गरेर चुनावी प्रचारप्रसारमा अघि बढीयो । हाम्रो  मुख्य मिसन चुनाब जित्ने वा हार्ने भन्दा पनि दलाल पुजीवादी संसदिय ब्यवस्था र उक्त ब्यवस्थालाई सिरोपरी ठान्ने दलालहरुको कालो कर्तुतको भन्डाफोर तथा पर्दाफास गर्नु थियो । जनतालाई चुनावमा दलालहरुले कसरी आफ्नो गलत धन्दालाई ढाकछोप गरि पैसा र धाक ढम्कीको बलमा भयभित पार्दो रहेछ भनि नजिकबाट अनुसन्धान गर्नु थियो हामीलाई । आजको दिनको जनताको चेतना स्तर के छ  ? जनता साच्चिकै क्रान्ति, परिवर्तन, मुक्ति चाहन्छन् कि उहीँ पुरानै सडेगलेको संसदिय फोहोरको दङ्गुर वरिपरि घुमेर रम्न चाहन्छ्न् । अथवा मुक्तिको यात्रामा अघि बढ्न कुन तत्त्वले जनतालाई अवरोध गरेको छ भन्ने यथार्थ तत्थ्य पत्ता लगाउनु थियो हामीलाई । जनताको वास्तविक जीवन स्थिति दलालहरुले जनतालाई भ्रममा पारी लुटि राख्ने मन्त्र पत्ता लगाउनु थियो । अन्तत दलाल पुजीवादी संसदिय ब्यवस्थाको विरुद्ध बैज्ञानिक समाजबाटको रुपरेखा जनताको माझ कोर्नु थियो । यी सबै विषय वस्तुलाई केन्द्र भागमा राखेर हामीले चुनाबी कार्यक्रमहरु व्यापक रुपमा जनताको घर दैलोमा पुर्याएको थियो ।

  हामीले मरिणबासी जनताको माझ पेस गरेको न्यूनतम कार्यक्रम यस प्रकार थियो- 

 १. मरिण गाउँपालिकामा बसोबास गर्ने जनता मध्ये  ८०% जनतालाई वर्ष भरी खेतीपाती गरेर ६ महिना मात्र खान पुग्ने र  अनिकाल परेर ६ महिना बोरा बोक्नु पर्ने दुःखद् अवस्थाको अन्त्य गर्छौं ।

२. मरिण गाउँपालिकाबाट रोजि रोटीको ब्यवस्था गर्नुको लागि विदेशिएका सबै युवाहरूलाई नेपाल फर्काएर रोजगारीको ग्यारेन्टी गर्छौं ।

३. मरिण गाउँपालिकामा भएको भ्रष्टाचारिको सम्पति जफत (कब्जा) गरि राज्यको मातहतमा ल्याइ जनताको हितमा प्रयोग गर्छौं ।

४. जनताको छोराछोरीलाई १२ कक्षासम्मको पढाई निशुल्क पढाउछौँ र त्यो भन्दा माथिको उच्च शिक्षाको लागि विशेष ब्यवस्था गर्नेछौँ ।

५. मरिणमा बसोबास गर्ने सम्पुर्ण जनताको स्वास्थ उपचारको लागि १ लाख सम्म निशुल्क गर्छौ त्यो भन्दा माथि लाग्ने भएमा बिशेष ब्यवस्था गरि जनतालाई मृत्यु हुनबाट बचाइ सबै नागरिकले नेता साे सरह बाच्न पाउने अधिकारको ग्यारेन्टी गर्छौं ।

६. मरिण गाउँपालिकामा बसोबास गर्ने कोहि पनि नागरिकलाई बालिनाली उत्पादन गर्नुको निम्ति जमिन अभाव भएर सुकुम्बासी भएर बस्नु पर्दैन सबै जनतालाई आवश्यकता अनुसारको जमिन वितरण गरि उपलब्ध गराउछौँ ।

७.मरिणको जनताले उत्पदन गरेर आफुलाई बढी भएको सबै पसुपन्छी लागायत खाद्यान्नलाई गाउँपालिकाले खपत गरि बिक्रीवितरणको ब्यवस्था गर्छौ र जनतालाई चाहिने अत्यावश्यक सबै वस्तु निश्चित ठाउँमा केन्द्र निर्माण गरि सहज रुपामा समयमा नै उपलब्ध गर्छौ ।

८. मरिण गाउँपालिकाको सबै जनताको घर आगनमा कच्ची सडक बाटो पुर्याउछौ। बिजुली बत्ती लागायत संचारको साधनको सहज सेवा उपलब्ध गराउछौँ ।

९ गाउँपालिकाभित्र जाड, रक्सी, जुवातास, रन्डिबाजी, गुन्डागर्दी, धाकधम्की लागायतको अपराधिक गतिविधिलाई निषेध  गर्छौ । यदि कसैले त्यस्तो कार्य गरेमा १ घन्टाभित्र ठाँउको ठाउँ  जनकारबाही गर्छौँ।

१०. अहिलेसम्म भएको जनताको जनहित  विरोधी  ऐनकानुनहरुलाई खारेज गरि जनताको हितार्थ जनताको जीवनमा खुसी ल्याउने र जनताको नयाँ मुहार  फेर्ने कानुन निर्माण गर्छौँ ।

११. दलाल पुजीवादी लुटेरा संरचना ध्वस्त बनाउनको निम्ति सम्पुर्ण उत्पीडित जनतालाई प्रशिक्षित गर्दै  दलाल पुजीवादको निरन्तर भन्दाफोर गर्छौ र बैज्ञानिक समाजबाटको मोडेल निर्माण गर्छौँ ।

  यी उल्लेखित बुँदाहरु नै गएको स्थानिय चुनावमा जनताको माझ हामीले व्यक्त गरेका थियौँ  । बास्तवमा झुपडीमा बस्ने र बलेसिको पानी थापेर जिविका चलाउने जनताको लागि यति उल्लेखित काम हुने हो भने जनताको लागि साच्चिकै स्वर्ग छ भने त्यही नै स्वर्ग हुने थियो । तर बिडम्बना चुनावको मत परिणाम ठिक उल्टो भयो र उहीँ पुरानै जनतामारा लुटेरा माफियाहरुको हातमा गयो । फेरि उहीँ दलाल पुजीवादी संसदिय ब्यवस्थाको मतियारहरुको हातमा सत्ता पुग्यो । पुन: फेरि जनताको उहीँ कष्टकर दु:खद जिवनको सुरुवात भयो । किनभने यो दलाल पुजीवादी सत्तामा दलाल माफियाहरु नै धाकधम्की, भोज, भतेर र पैसाको बलमा जनतालाई भ्रममा पारी चुनाव जित्छन त्यस्कारण हाम्रो पार्टी नेकपाले दलाल पुजिवादको विकल्पमा बैज्ञानिक समाजबाद अपरिहार्य छ भनि यो दलाल पुजिवादको  विरुद्ध बिद्रोह गरेको हो ।

   यो दलाल सत्ताको स्थानिय चुनावबाट हामीले लिएको अनुभव र शिक्षा – जसरी हामिले सिद्धान्त त यो दलाल पुजिवादी संसदिय ब्यवस्था काम नलाग्ने र असफलसिद्ध भएको तत्थ्य र कुरा जनताको माझ गर्दै विगत लामो समय देखि हिडेको थियो । यो चुनावबाट ब्यवहारिक रुपमा नै यो ब्यवस्था सच्चिकै जनतालाई काम नलाग्ने रहेछ र जनताको असल र योग्य ब्यक्ति भन्दा पनि पैसा,  जाड, रक्सी भोज, भतेर र धाकधम्किको बलमा दलाल माफियाहरु जनताको नकचडो शासक बन्ने रहेछ भन्ने कुरा ब्यवहार सिद्ध  प्रमाणित गर्ने अवसर प्राप्त भयो। यो चुनावमा भ्रष्ट दलालहरुले जाड, रक्सी, भोज, भतेर, गुन्डागर्दी र पैसाको प्रभावमा जनतालाई  क्षेणिक प्रलोभनमा पारी लुटेरा भ्रष्ट दलालहरुलाई भोट हाल्न बाध्य बनाउँदा रहेछ भन्ने तथ्य नजिकबाट प्रमाणित गर्ने मौका मिल्यो । त्यसकारण दलाल संसदिय पुजीवादी ब्यवस्थाको जुनसुकै निकायको चुनाव यदि जिति नै हालेपनि जनताको हितमा केही पनि गर्न नसकिने र पैसा खर्च गरेर जित्नेहरुले पनि आफ्नो चुनावको खर्च अशुल्न लाग्नु रहेछन् । यो चुनाव जित्ने उम्मेदवारले कम्तीमा १ करोड खर्च गरेको प्रारम्भिक अनुमान थियो । त्यसकारण यो चुनाव जनताको असली प्रतिनिधि चयन गर्ने भन्दा पनि लुटेरा भ्रष्ट ठेकेदारहरुको पैसाको प्रतिस्पर्धा हुने र जस्ले धेरै खर्च गर्यो उहीँ निर्बाचित हुने हुदा यो दलाल पुजीवादी ब्यवस्था रहुन्जेल जनताले आफ्नो असली प्रतिनिधि छान्न पाउन सकिँदैन भन्ने प्रमाणित भयो । 

    यसरी हेर्दाखेरी भ्रष्ट लुटेरा दलालहरु र हाम्रो बिचमा कुनै पनि कोणबाट प्रतिस्पर्धा नै हुन सक्दैन हामीसङ्ग तर उहीँ भ्रष्ट ठेकेदारहरुले चुनाव जित्छ्न् । हामीले पेस गरेको कार्यक्रम, हाम्रो पार्टीको दृष्टिकाेण हाम्रो ब्यक्तित्व यो सबै तिरबाट नाप्दा हामी नै  जनताको असली प्रतिनिधि पात्र हुन तर यो ब्यवस्था को मतियारहरुले हामीलाई जनतामा जानबाट कटाईएको थियो । दलालहरुले आफ्नो मात्र गुणको बख्यान गरेको कारण जनतालाई  हामी भन्दा उहीँ लुटेराहरु नै प्यारो जस्तो परेको थियो । त्यसकारण यसपाली हामीले हाम्रो दृष्टिकोण सहि हुँदा हुँदै पनि हामीले जनतालाई बुझाउन सकिएन र परिणाम उहीँ लुटेराको पोल्तोमा पुग्यो । किनकि हाम्रो पार्टीमाथी सरकारले २ बर्ष प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध खोलेपछि पनि स्थानिय दलालहरुले फेरि पनि हाम्रो पार्टीले बन्दुक  बोक्छ र लडाइँ हुन्छ भन्ने भ्रम फिजाइ जनतालाई हाम्रो पार्टीबाट त्रसित बनाएको थियो । हामी र जनताको बिचको सम्बन्ध तुटेको र दलालहरुले जबर्जस्त टुटाएको थियो । त्यसकारण यो चुनाव द्वारा जनता र हाम्रो तुटेको सम्बन्ध जोड्न हामी सफल भयो ।जनतालाई हाम्रो पार्टीप्रति परेको भ्रम पनि तोदिदियो । यतिसम्म भ्रम कि अहिले हामीलाई भोट हाल्यो भने र यदि पछि हामी र हाम्रो पार्टी भूमिगत भयो भने हामिलाई केहि हुन्छ कि ? भन्नेसम्मको जनतालाई दलालले भ्रमित परेको रहेछ। अर्को कुरा यदि विप्लवका मन्छेहरुले चुनाब जित्यो भने त ठिकै होला तर यदि हार्यो भने ऐले विप्लवहरुलाई भोट हाल्ने  जनता सबैलाई पुलिसले समातेर लैजान्छ भन्ने समेतको भ्रम स्थानिय दलालहरुले जनतामा फिजाएको रहेछ । त्यसकारण यी यावत भ्रमहरुलाई  चिर्दै दलाल भ्रष्ट लुटेराहरुको पाखन्डी जाल साझीलाई सहजै पर्दाफास गर्न हामी सफल भयो । हाम्रो जनपृय पार्टी नेकपाले अख्तियार गरेको बैज्ञानिक समाजवादको कार्यक्रम जनताको मनमस्तिष्कमा छिराउनु पायो भने जनताको मस्तिष्कबाट दलालहरुको जालसाझिपूर्ण भ्रमलाई  मुक्त गर्न पाइयो । दलाल पुजीवादी भ्रष्ट लुटेराहरुको जन्मकुन्दलीसहित जनताको माझ उडाङ्गो भएको छ । हाम्रो पार्टीले लिएको विचार र नीतिहरु जनताहरुले आत्मसात गरेको छ । यो चुनाबबाट के कुरा सिद्ध भयो भने दलालहरुले थापेको  सबै प्रकारको धराप र दलालहरुले खडा गरेको सबै क्षेत्रको मोर्चाको हामीले सकृय सामाना गर्नुपर्छ भन्ने कुरा हामीलाई सुचित गराएको छ । यो चुनाबबाट यो पनि प्रमाणित भयो कि दलालहरुले नेपाली उत्पीडित जनतालाइ मजाले दाइ लगाएको छ यो दमनरुपी दाइको मियोबाट जनतालाई फुत्काउने दायित्व हाम्रो र नेकपाको हो भन्ने झन बढि उत्तरदायित्वबोध भएको छ । अन्त्यमा यसपालिको चुनाब कोहि कसैले जितेको भन्दा पनि पैसाले जितेको हो त्यस कारण सधैभरी पैसा बाडेर त्यो अस्तित्व धान्न सम्भव छैन । यदि पैसाले तिक्ने भए त पूर्व राजा ज्ञानेन्द्र शाहसङ्ग नेपालै किन्ने पैसा थियो । त्यही पैसाले  आफ्नो २३८ बर्षे शासनको विरासतलाई जोगाउने थियो तर त्यसो गर्न सम्भव भएन त्यसकारण पुजीवादी सत्ताको सम्भव त यो चुनाब नै अन्तिम हुनेछ र निकट भबिष्यमा नै नेपालमा बैज्ञानिक समाजबादको उदय हुनेछ र सिङ्गो उत्पीडित नेपाली जनता दलालहरुको दमनरुपी  उत्पीडनको जातोबाट मुक्त हुनेछ ।

(लेखक: दिनेश सारू मगर, सचिव नेपाल कम्युनिष्ट पार्टी, ओखलढुङ्गा)

 

 

 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।