६ जेष्ठ २०८१, आईतवार

१० बर्षपछि संसदमा ठेकेदार र जग्गा दलालहरु मात्र हुनेछनः राष्ट्रिय विमा संस्थानका पूर्व अध्यक्ष खरेल

0

काठमाडौ । राष्ट्रिय विमा संस्थानका पूर्व अध्यक्ष खेमराज खरेलले १० बर्षपछि नेपालको संसदमा ठेकेदार र जग्गा दलालहरु मात्र देखिने टिप्पणी गरेका छन ।

नेकपा काठमाडौ १ नम्वर जिल्लाले काठमाडौंमा शनिवार ओजना गरेको ‘वर्तमान राष्ट्रिय संकट र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले पैसा विना चुनाव जित्न नसकिने अवस्थामा दलालहरु मात्र संसदमा हुने टिप्पणी गरेका हुन ।

उनले पैसाका कारणले श्रीमतीको उपचार गर्न नसकेर माक्र्सको श्रीमतीको मृत्यु भएको स्मरण गरादै नेपालका कम्युनिष्ट भन्नेहरु आज करोडौको दलाली र वार्गेनिङ्गमा लाग्ने गरेको बताए ।

उनले कम्युनिष्टहरु नै निजी सम्पत्तिका लागि भ्रष्टाचार,कमिशन,तस्करी र दलालीमा लागेपछि जनताले कसरी नेपालका कम्युनिष्टहरुलाई पत्याउने भनेर प्रश्न गरे । पूर्व अध्यक्ष खरेलले नेपालको हितविपरित एमसीसी पास भएको भन्दै कित दुई तिहाई ल्याएर खारेज गरौं, कि त अमेरिकी दुतावास घेराउ गरौं भनेर विचार व्यक्त गरे ।

उनले भने ‘नेपालका कम्युनिष्ट भन्ने नेताहरु हिजो वुर्जुवा शिक्षा भनेर जनताका छोरा छोरीलाई पढन दिएनन्, युद्धमा लगाए । तर आज आफै तिनै जनयुद्ध लडेका नेताहरु विदेशीको अगाडि आत्मसमर्पण गरेर आफ्ना छोरा छोरीहरु छात्रवृति कोटामा एमविविएममा विदेश पढाउन पठाएका छन । के यहि हो कम्युनिष्ट विचार ? यसलाई सुधार कसले गर्ने ?’

उनले केही नेपालका उच्चतहका नेताहरुको गल्तीका कारण नेपाल विग्रिएको पनि भनाई राखे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।