२३ बैशाख २०८१, आईतवार

विदेशीको इसारामा नेपाल चल्यो र संकट आयोः राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष उप्रेती

0

काठमाडौ । राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष केवी उप्रेतीले विदेशीको इसारामा नेपाल चलेकाले नेपालमा संकट आएको बताएका छन ।

नेकपा १ नम्वर जिल्ला काठमाडौंले काठमाडौंमा शनिवार ओजना गरेको ‘वर्तमान राष्ट्रिय संकट र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष उपे्रतीले विदेशीको इसारामा नेपाल चलेकाले संकट आएको बताएका हुन ।

उनले भने ‘विदेशीको इसारामा नेपाल चल्यो,मन्त्रीदेखि ठुला पदका व्यक्तिहरु विदेशीको इसारामा चल्छन,नेपालमा संकट नआएर कहाँ आउछ ? यो संकट हामी आफैले बनायौं ।’

अध्यक्ष उप्रेतीले विदेशी हस्तक्षेका कारण दलाल पुँजीको विगविगी बढेको र नेपाल आर्थिक संकट तिर गएको बताए । उनले ६७ प्रतिशत कम्युनिष्ट जनमत भएको नेपालमा किन सबै क्षेत्रमा अस्तव्यत भईरहेको छ त ? गम्भीर तथा सोचनिय प्रश्न भएको बताए ।

उनले केही सहकारीहरुको कमजोरीका कारण सिंगो सहकारी क्षेत्र बदनाम भएको पनि टिप्पणी गरे । सहकारीलाई उत्पादनमुलक काममा लगाउनु पर्ने र सहकारी क्षेत्रको बदनाम चिर्नुपर्ने उनको भनाई थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।