६ जेष्ठ २०८१, आईतवार

३ बुँदे सहमति कार्यान्वयनमा राज्य अझै आलटाल र षडयन्त्र गर्दैछः सन्तोस सी

0

कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सन्तोस सीले ३ बुँदे सहमति कार्यान्वयनमा राज्यले अझै आलटाल र षडयन्त्र गरिरहेको आरोप लगाएका छन ।

नेकपा पश्चिम कपिलवस्तुले जिल्लाको विजयनगर गाउँपालिकामा शनिवार आयोजना गरेकोे ‘देशको वर्तमान राजनीतिक संकट, राज्यको षड्यन्त्र र यसको समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता सन्तोसले यस्तो आरोप लगाएका हुन ।

उनले नेकपा र सरकार बिच ३ बुँदे सहमति भएको करिब तीन वर्ष पुग्न लाग्दा पनि राज्यले सहमति कार्यान्वयन नगर्नु साम्राज्यवादी दबाव र षडयन्त्र भएको पनि दाबी गरे । सहमति कार्यान्वय गर्नुको सट्टा उल्टै झुट्टा मुद्धामा पक्राउ पूर्जी जारी हुने गरेको भन्दै आश्चार्य व्यक्त गरे ।

नेता सन्तोसले मुलुकको वर्तमान राजनीतिक अवस्था संकटपूर्ण अवस्थाबाट गुज्रि रहेको भन्दै वैदेशिक हस्तक्षेपले संघीय लोकतान्त्रिक गणतन्त्र पनि धरापमा परेको बताए ।

उनले भने ‘ राज्य दलाल पुँजीपति वर्गको हातमा नाचिरहेको छ,महंगी, कालोबजारी, भ्रष्टाचारी, घुसघोरी, अभाव र बेरोजगारी वढेको छ । राष्ट्रियता, गणतन्त्र र जनजीविकाका समस्याहरु विकराल बन्दै गएका छन, यस्तो बेला राज्यले ३ बुँदे सहमति कार्यान्वय गरेको छैन, राज्य र सरकारले षडयन्त्र रचेको छन ।’
उनले साम्राज्यवादी षड्यन्त्रहरुको पर्दाफास गर्दै जानुपर्ने र देशको निकास नेपाली विशेषताको समाजवादले मात्र दिने बताए । राष्ट्रिय स्वाधीनता तथा अग्रगमनका लागि सम्पूर्ण प्रगतिशील देशभक्त, बामपन्थी, लोकतन्त्रवादी, गणतन्त्रवादी, मध्यम वर्ग र आम न्यायप्रेमी तथा सचेत नेपाली नागरिकहरु एक ठाउँमा उभिनुको पर्ने बताए ।

कार्यक्रममा पोलिट व्युरो सदस्य सञ्जीव सीले देशको विकासका लागि वैज्ञानिक समाजवाद आवश्यक भएको बताए । उनले सत्तामा बसिरहेका दलहरूले देशलाई लुटेर खोक्रो बनाई सकेको भन्दै देशका युवाहरु रोजगारीका लागि विदेश पलायन भईरहेको बताए ।

कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले संविधान संशोधन गर्ने, संसद संख्यामा धेरै भएकोले घटाउने, फोेहोरी राजनीति भएको भन्दै आ–आफ्नो पार्टी भित्र रहेका कमीकमजोरीलाई सुधार्न घचघच्याउनुपर्ने बताएका थिए ।

कार्यक्रम नेकपाका केन्द्रीय कमिटी सदस्य तथा पश्चिम जिल्ला इन्चार्ज हेमन्त सीको अध्यक्षता, नेकपा कपिलवस्तु जिल्ला सदस्य रवि सेन वलीको स्वागत मन्तव्य र जिल्ला सेक्रेटरी पाबेल सीको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।