कैलाली । युवा संगठन नेपालले पूर्वी कैलाली जिल्लाको जिल्ला सम्मेलनको तयारी गर्दैछ । शनिवार बसेको तयारी समितिको बैठकले छिट्टै जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय गर्दै तयारीको कामहरुमा लाग्ने निर्णय गरेको हो ।
बैठकलाई नेकपाका केन्द्रीय सदस्य तथा युवा संगठन नेपालका निवर्तमान उपाध्यक्ष दिनेश सीले सम्बोधन गर्दै दलाल सत्ताले युवाहरुमा निरासा र पलायनता लयाउने कामहरु गरेको बताए ।
उनले युवाहरु विदेश जाने क्रम सरकारले रोक्न नसकेको र रोजगारी पनि दिन नसकेको बताए । रमेश सीको अध्यक्षतामा वसेको बैठकमा नेकपाका सेक्रेटरी दिल वहादुर सी, मजदुरका केन्द्रीय सचिव पूर्ण सी, युवाका सेती इन्चार्ज सुशील सी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्