६ आश्विन २०८१, आईतवार

कम्युनिष्टहरुको रुपान्तरण सहितको एकता आवश्यक छः माओवादी केन्द्रका नेता कुमार

0

काठमाडौं । नेकपा (माओवादी केन्द)्रका पोलिट व्यूरो सदस्य तथा काठमाडौ जिल्लाका इन्चार्ज कुमार पौडेलले कम्युनिष्ट पार्टीहरु बिचको रुपान्तरण सहितको एकता आवश्यक भएको बताएका छन ।

नेपाल कम्युनिष्ट पार्टी काठमाडौं १ नम्वर जिल्लाले शनिवार काठमाडौको महाराजगंजमा आयोजना गरेको ‘वर्तमान राष्ट्रिय संकट र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता कुमारले यस्तो कुरा बताएका हुन ।

उनले एमसीसी नेपालको हितमा नभएको भन्दै आन्दोलनमा जानुको विकल्प नभएको बताए । उनले अमेरिकी साम्राज्यवाद विरुद्ध लडेर विजयी हुन नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय मोर्चा बनाउनु पर्ने पनि बताए ।

उनले सहकारीबाट केही मुठ्ठीर मान्छे धनी भएको र आज सहकारीहरु बदनामको दिशामा गएको बताए । उनले पुरानो नेपाललाई बदल्न काठमाडौ आएका माओवादीलाई उल्टै माओवादीलाई बदलेको टिप्पणी गरे ।  उनले आजको ज्ञान विज्ञानलाई माक्र्सबादमा जोडनु पर्ने पनि बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।