६ जेष्ठ २०८१, आईतवार

एमसीसी इन्डोप्यासिफिक रणनीतिको अभिन्न अंग होः पूर्व गर्भनर क्षेत्री

0

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका पूर्व गर्भनर डा दिपेन्द्रवहादुर क्षेत्रीले एमसीसी नेपालको राष्ट्रिय स्वाधीनता विरुद्धको इन्डोप्यासिफिक रणनीतिको अभिन्न अंग भएको खुलासा गरेका छन ।

नेपाल कम्युनिष्ट पार्टी काठमाडौं १ नम्वर जिल्लाले शनिवार काठमाडौको महाराजगंजमा आयोजना गरेको ‘वर्तमान राष्ट्रिय संकट र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अमेरिकी अधिकारीहरुले नै एमसीसी इन्डोप्यासिफिक रणनीतिको अभिन्न अंग भएको बताउने गरेको वताएका हुन ।

उनले नेपाल युक्रेनको दिशातिर जाने प्रष्ट संकेत देखिएको भन्दै त्यसलाई रोक्न नेकपा सहित सबै कम्युनिष्ट,स्वाभिमानी शक्तिहरु एक भएर लाग्नुपर्ने बताए ।

उनले भने ‘नेपाल स्थित अमेरिकी राजदुतावास अरु भन्दा सुरक्षाका दृष्टिकोणले क्षमतावान छ,नेपालमा एमसीसीबाट छिरेर चीन विरुद्ध जान चाहान्छ । अमेरिकाले ५५ करोड डलर सशर्त एमसीसीबाट दिन्छु भन्दै गर्दा चिनियाँ राष्ट्रपतिले पनि ५६ करोड लडर विना सर्त नेपालको कुनै पनि योजनाका लागि सहयोग गर्ने भनेका थिए । खै त ! त्यो बारे नेपालका राजनीतिक दलहरुले चासो दिएको पाईएन किन अमेरिको मात्र पछि लागेका हुन ? यसमा गम्भीर छ ।’

उनले नेपालको राजनीति विखरिएको र साझा दुश्मन छुट्याउन नसकिएको बताए । उनले नेपालीहरुको साझा दुश्मन अमेरिकी साम्राज्यवाद र दलाल पुँजीवाद भएको ठोकुवा गरे । उनले आर्थिक रुपमा नेपाल धेरै संकटमा पुगेको र निर्याय भन्दा आयतमुखी अर्थतन्त्र भएको र यो दलाल व्यवस्थाले गर्दा भएको बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।