२४ बैशाख २०८१, सोमबार

दक्षिण एशियाको युक्रेन नेपाललाई बनाउने साम्राज्यवादी षड्यन्त्र विरुद्ध लड्नुपर्छः प्रकाण्ड सी

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले दक्षिण एशियाको युक्रेन नेपाललाई बनाउने साम्राज्यवादी षड्यन्त्र विरुद्ध लड्नुपर्ने बेला आएको बताएका छन ।

नेपाल कम्युनिष्ट पार्टी काठमाडौं १ नम्वर जिल्लाले शनिवार काठमाडौको महाराजगंजमा आयोजना गरेको ‘वर्तमान राष्ट्रिय संकट र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले यस्तो कुरा बताएका हुन ।

प्रवक्ता प्रकाण्डले अमेरिकी साम्राज्यवादले नेपाललाई युक्रेन बनाएर चीन विरुद्ध जाने सपना देख्दै एमसीसीका माध्यमबाट नेपाल आएको दाबी गरे ।
उनले नेपालमा दलाल संसदीय व्यवस्थाका कारण अमेरिकी साम्राज्यवादी हस्तक्षेप बढेको ठोकुवा गरे ।

प्रवक्ता प्रकाण्डले भने ‘ दलाल पुँजीवादी संसदीय व्यवस्थाबाट सिंगो देश असन्तुष्ट छ, युवाहरु विदेशीले क्रम वढ्को छ,नेपालबाट भविष्य देखेको छैन । संकट निम्त्याएर साम्राज्यवादले फाईदा लिन चाहेको छ । हामी सबै सचेत हुनुपर्छ । भारतीय साम्राज्यवादी हस्तक्षेप त नेपालमा छदै थियो तर अहिले तत्काल मुख्य गरी अमेरिकी साम्राज्यवाद एमसीसीबाट नेपालमा हस्तक्षेप गर्दै आईसक्यो । यो साम्राज्यवादी षड्यन्त्र बुझने सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टी चाहिन्छ र संघर्षको नेतृत्व गर्नुपर्छ ।’

प्रवक्ता प्रकाण्डले साम्राज्यवादी षड्यन्त्र एकै पटक जनताले बुझने गरी नआउने भन्दै त्यसको लागि जनताको पार्टी र जनताको नेताले बुझाउन आवश्यक भएको बताए । उनले साम्राज्यवाद राजनीतिक,आर्थिक,सामाजिक,सांस्कृति र धार्मिक रुपमा नेपाल छिरेको टिप्पणी गरे ।
उनले भने ‘साम्राज्यवादले नेपालका सबै कम्युनिष्टहरु विरुद्ध षड्यन्त्र गरेको छ, सबैलाई सिध्याउने योजना बनाएको छ । साम्राज्यवादका विरुद्ध सवै क्रान्तिकारी कम्युनिष्ट,लोकतन्त्रवादी,गाणतन्त्रवादी तथा देशभक्त शक्तिहरु एकभएर लड्नु पर्छ ।’

उनले कम्युनिष्टहरुले– कम्युनिष्टहरुलाई दुश्मन देख्ने प्रवृति माक्र्सवादी नभएकाले जिकिर गर्दै सबै कम्युनिष्टहरुको मुद्धा मिले सम्म सहकार्य तथा एकता गर्न आवश्यक भएको बताए ।

‘क्रान्तिकारीहरुले पहल लिनुपर्छ कम्युनिष्टहरुले पहल लिनुपर्छ’ प्रवक्ता प्रकाण्डले भने, ‘दृष्टिकोण बदल्नु पर्यो,मुद्धा मिल्नेसंग एकता,सहकार्य र मोर्चा बनाउनु पर्छ । कम्युनिष्ट –कम्युनिष्ट लड्ने,एकले अर्कालाई दुश्मन देख्ने नगरौं । उता साम्राज्यवादले कम्युनिष्टहरु विरुद्ध ढडिया थाप्ने काम गरेको छ र कम्युनिष्ट सक्ने योजना बनाएको छ ।’

प्रवक्ता प्रकाण्डले दलाल पुँजीवाद चौतर्फि नाङ्गेझार भएकाले नेपाली जनताले दलाल पुँजीवादी व्यवस्थाबाट निकास चाहेको र त्यो निकास नेपाली विशेषताको समाज अथवा वैज्ञानिक समाजवादबाट मात्र सम्भव हुने ठोकुवा गरे ।

उनले नेपालमा शान्तिपूर्वक समाजवाद आउन सक्ने सम्भावना रहेको जिकिर गर्दै त्यसको लागि एकपटक नेपाल कम्युनिष्ट पार्टीले विशेष पहल गरिरहेको धारणा राखे ।

उनले शान्तिपूर्वक समाजवादका लागि दलाल संसदीय व्यवस्था ठीक की समाजवादी व्यवस्था ठीक ? भन्ने विषयमा एकपटक जनमतसंग्रहमा जानुपर्ने विचार राखे । उनले त्यो पनि विकल्पमा साम्राज्यवादी दबावमा नेपालका सत्तामा भएका र वाहिर भएका कम्युनिष्ट जान नसके जनताको संघर्षबाट नेपालमा बैज्ञानिक समाजवाद ल्याएर छोड्ने उद्घोष गरे ।

उनले साम्राज्यवाद सबै मोर्चाबाट नेपालमा आएकाले नेपालका कम्युनिष्टहरुले पनि साम्राज्यवाद विरुद्ध सबै मोर्चाबाट लडेर विजयी हुन समाजवादी मोर्चा बनेको बताए ।

प्रवक्ता प्रकाण्डले कम्युुनिष्टहरुले जतिवेला संघर्ष गर्ने बेला हो त्यतिबेला एकता गर्ने र जतिबेला सहकार्य र एकता गर्ने बेला हो त्यतिबेला विरोध गर्ने परम्परागत प्रवृति सुधार नगरे सम्म दलाल पुँजीवाद र साम्राज्यवादका विरुद्ध लडेर विजयी हुन नसक्ने पनि बताए । प्रवक्ता प्रकाण्डले कम्युनिष्टहरुले एक अर्काको विरोध गर्ने बेला नभएको र यो बेला देशको संकटलाई अग्रगामी निकास दिन समाजवादी मार्चा मार्फत अगाडि वढनुपर्ने अनिर्वाय आवश्यकता भएको बताए ।

कार्यक्रममा पूर्व गर्भनर डा. दिपेन्द्र वहादुर क्षेत्री,नेकपा(माओवादी केन्द्र)का पोलिट व्यूरो सदस्य कुमार पौडेल,नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य इश्वरी रिजाल, राष्ट्रिय विमा संस्थानका पूर्वअध्यक्ष खेमराज खरेल,बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य राधेश्वरी सुवेदी,वाम वुद्धिजीवी मनोज थापा,एकीकृत समाजवादीका केन्द्रीय सदस्य मिना ज्ञवाली,राष्ट्रिय पार्टीका खगेश्वर रञ्तिकार,राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष केवी उप्रेती,कानुन तथा जनअधिकार मञ्चका खिमानन्द अधिकारी र नेकपा मसालका नेता जगत प्रसाद रेग्मीले आ –आफ्नो धारणा राख्दै नेपालका लागि एमसीसी घातक भएको बताएका थिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा काठमाडौ १ नम्वर जिल्लाका इन्चार्ज भृकुटी सीले प्रस्तुत गरेको ‘वर्तमान राष्ट्रिय संकट र समाधान’ शिर्षकको कार्यपत्रमाथि वक्ताहरुले धारणा राख्दै कार्यपत्रले धेरै कुरा समेटेको र वहस गर्ने वातावरण गरेको भन्दै नेकपालाई धन्यवाद दिदै खुशी व्यक्त गरे ।

उनीहरुले वास्तविक संकटको निकास दिन सबैको सहकार्य र एकता आवश्यक भएको धारणा राखे । कार्यक्रममा नेकपाका पिविएम तथा उपत्यका व्युरो इन्चार्ज कृति सी, नेकपाका केन्द्रीय नेता,अन्य पार्टीका नेता,पत्रकार,वुद्धिजीवी तथा अर्थविदहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।