६ जेष्ठ २०८१, आईतवार

एमसीसी कार्यान्वयन भए रातेमाटेमा नेपाली सेना होइन, अमेरिकी सेना बस्नेछः शिलु सी

0

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य शिलु सीले यदि राष्ट्रघाती एमसीसी परियोजना कार्यान्वय भए नुवाकोटको रातेमाटेमा नेपाली सेना नभएर अमेरिकी सेना बस्ने दाबी गरेकी छन ।

नुवाकोटको रातेमाटेमा आज आयोजना गरिएको ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेजीका लागि वृहत युवा विद्यार्थी प्रदर्शन’ कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी समिति सदस्य शिलुले एमसीसी कार्यान्वयन भए रातेमाटेमा अमेरिकी सेना बस्ने दाबी गरेकी हुन ।

उनले एमसीसी भनेको सडक र विधुत परियोजना देखाएर विकासको नाममा नेपाललाई सैन्य अखडा बनाउन र विनास गर्न अमेरिकी साम्राज्यवाद आएको ठोकुवा गरिन ।

उनले भनिन् ‘एमसीसी कार्यान्वयन भयो भने रातेमाटेमा नेपाली सेना होइन, अमेरिकाको सेना आउनेछ, अमेरिकाको कर्मचारी आउनेछ, ६२ अर्व पैसा देखाएर सडक विधुतका कुरा गरेर विस्तारै नेपाली जनतामाथि चरालाई डोकोमा थुने जस्तै गर्ने छ ।’

उनले एमसीसी खारेज गर्नुको विकल्प नभएको बताउदै एमसीसी नेपालबाट खारेज नभए सम्म युवा विद्यार्थीहरुको आन्दोलन जारी रहने चेतावनी दिईन ।

स्थायी समिति सदस्य शिलुले नेपाल कम्युनिष्ट पार्टी विकास विरोधी नभएको प्रष्ट पार्दै नेपालमाथि सैन्य अखडा राख्ने र चीन घेर्ने रणनीतिमा ल्याईएको एमसीसीको विकास नेकपालाई स्वीकारे नभएको दोहोर्याईन ।

कार्यक्रममा नेकपाका उपत्यका व्यूरो इन्चार्ज कृति सी,युवा संगठन नेपालका अध्यक्ष पाटन जंगली ,अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश सी,उपाध्यक्ष नरेन्द्र सी लगायतका नेता कार्यकर्ता र जनताको उल्लेखनीय सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।