२ जेष्ठ २०८१, बुधबार

अखिल (क्रान्तिकारी) कालिकोटको १४ औं जिल्ला सम्मेलन नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न

0

कालिकोट । अखिल (क्रान्तिकारी) पश्चिम कालिकोट जिल्लाको ऐतिहासिक १४ अ‍ैं जिल्ला सम्मेलनल नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न भएको छ ।  जिल्लाको शान्नित्रिवेणी गाउँपालिका ६ पञ्चदेवल माविमा मंगलवार सम्पन्न १४ औ जिल्ला सम्मेलनले सागर सीको अध्यक्षतामा २१ सदस्सीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष अनिता सी, सचिव नेत्र सी, सहसचिव महावीर सी लगायत रहेका छन ।

सम्मेलनका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य विराट सीले सम्मेलनलाई सम्वोधन गर्दै एकीकृत जनक्रान्तिमा विद्यार्थीहरुको महत्वपूर्ण भूमिका हुने बताए ।

उनले एमसीसी तथा तमाम राष्ट्रघाती सन्धी सम्झौतामा युवा विद्यार्थीहरुले नै संर्घष गर्दै आएको र फेरी पनि देश र जनताको मुक्तिका लागि संघर्ष गरिरहनुपर्ने बताए ।

सम्मेलनका अतिथि नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलवान सीले विद्यार्थीहरुको काधँमा फेरी पनि समाजवादी क्रान्तिको जिम्मेवारी थपिएको बताए ।

पश्चिम कालिकोट जिल्लाका सेक्रेटरी साहसी सीले सम्मेलन ऐतिहासीक भएको बताए । सम्मेलनका विशेष अतिथि तथा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवम मध्यकर्णाली व्युरो इन्चार्ज तुलराज सीले विद्यार्थीहरुले क्रान्तिको बाँकी कार्यभार पुरा गर्ने बेला आएको बताए ।
सम्मेलनमा पूर्वी कालिकोट जिल्ला सेक्रेटरी रमेश सी,प्रतिनिधि समिति सदस्य समग्र सी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य धनराज सी ले गरेका थिए भने कार्यक्रममा विद्यार्थीहरुको उल्लेखिय सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।