२७ पुष २०८१, शनिबार

ज्ञानेन्द्र शाहीको अभिव्यक्ति प्रायोजित छः रक्तिम सी

0

रौतहट । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा युवा नेता रक्तिम सीले राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीको अभिव्यक्ति शान्तिबिरोधी, गैरजिम्मेवार र प्रायोजित रहेको टिप्पणी गरेका छन ।

बुधबार रौतहटको बौदिमाईमा आयोजित ‘नेपालमा लादिएको एमसीसी, राज्यसत्ताको संकट र निकासको बाटो’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रक्तिमले यस्तो टिप्पणी गरेका हुन ।

राप्रपा नेता तथा सांसद शाहीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई पक्राउ गर्नुपर्ने भनि दिएको सार्वजनिक अभिव्यक्तिले मुलुकमा अस्थिरता र द्वन्द्ध निम्त्याउन चाहने शक्तिकेन्द्रहरुको इच्छा पूर्ति गर्ने उद्देश्य रहेको भन्दै नेता रक्तिमले शाहीले आफ्नो अभिव्यक्ति फिर्ता लिएर आत्मआलोचना गर्नुपर्ने अन्यथा जनताले त्यसलाई सहेर नबस्ने भन्दै भर्सना गरे ।

अन्तरक्रियामा उनले देशमा विद्यमान संकटको निकासका लागि राज्यको व्यापक रुपान्तरण गर्नुपर्ने र त्यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्ने दाबी समेत गरे ।

अहिलेको गणतन्त्रको चरित्र आयातीत र दलाल भएकोले यसले देशलाई निकास नदिने बरु पश्चगामी र बिदेशीहरुको स्वार्थ मात्रै पूरा गर्ने भएकोले समाजवादी व्यवस्थाको दिशामा सबै कम्युनिस्ट, देशभक्त र लोकतान्त्रिक शक्तिहरु अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा जनता समाजवादी पार्टीका नेता मोहङ देव पट्टेल रावत, माओवादी केन्द्रका नेता राम विलास रावतले समेत विचार व्यक्त गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीका नेता शिव शङ्कर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमलाई नेकपा जिल्ला कमिटी सदस्य शिव पट्टेलले सञ्चालन गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।