८ बैशाख २०८१, शनिबार

डोनाल्डको विरोध प्रदर्शनबाट अखिल (क्रान्तिकारी) अध्यक्ष शाहीसहित दर्जन बढी गिरफ्तार

0

काठमाडौं: एसपीपी पारित गराउन दबाब दिने उद्येश्यसहित दक्षिण एसियाली तथा मध्य एशिया हेर्ने अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लु को नेपाल भ्रमणको विरोधमा कालो झण्डासहित विरोध प्रदर्शन गर्दा अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाही, महासचिव ललित विक, तारा सन्ज्याल लगायत दर्जन बढी विद्यार्थी गिरफ्तार भएका छन् ।
लु आज नेपाल आउने सन्दर्भमा कालो झण्डासहित विरोध प्रदर्शनको क्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश शाही, महासचिव ललित विक, सचिवालय सदस्य तारा सञ्ज्याल, काठमाडौँ जिल्ला संयोजक ललित बहादुर बम, केन्दीय सदस्यहरु प्रेम सिजापति, रमेश रावत र भक्तपुर संयोजक अशोक महतरासहित एक दर्जन भन्दा धेरैलाई प्रहरीले गौशालाबाट गिरफ्तार गरेको छ ।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेको बेला विप्लव नेतृत्वको नेकपाले विरोध गरेको छ ।
विरोध प्रदर्शनका क्रममा गिरफ्तार आफ्ना भातृ संगठनका नेता कार्यकर्ताहरू रिहा नगरे अझ कडा कदम चाल्ने विप्लव नेतृत्वको नेकपाले सरकारलाई चेतावनी दिएको छ ।       

दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार र शुक्रबार नेपालमा रहने छन् । उच्च कुटनीतिक श्रोतका अनुसार उनी दुई दिने नेपाल भ्रमणमा आएका हुन् । उनी यसअघि गत वर्षको मंसिर १ देखि ४ गते सम्म नेपाल आएका थिए । उनी त्यसबेला नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन हुनुअघि नेपाल आएका थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भइसके पनि अन्य क-कसलाई भेटवार्ता गर्ने भन्नेवारे बाहिर जानकारी ल्याइएको छैन ।

लु ले यसअघि एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गराउन काठमाडौं आएर राजनैतिक र कुटनैतिक दौडधुप गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।