२८ बैशाख २०८१, शुक्रबार

नेकपा लमजुङद्वारा राईनास नगर प्रशासकीय प्रमुख अधिकृत पौडेलमाथि कारबाहीको माग

0

नेपाल कम्यूनिस्ट पार्टी लमजुङद्वारा राईनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश राज पौडेलमाथि कारबाहीको माग गरिएकाे छ । जिल्ला सेक्रेटरी प्रयासले मङ्गलबार एक विज्ञप्ति सार्वजनिक गर्दै पाैडेलमाथि कारबाहीको माग गरेका हुन् ।

नेपाल कम्यूनिस्ट पार्टी लमजुङका सेक्रेटरीसहित केही नेताहरु जनताको गुनासोका बारेमा छलफल गर्न जाँदा आफूमाथि अभद्र व्यवहार गरेको र विज्ञप्ति सार्वजनिक गरी उल्टै आफूमाथि लाल्छना लगाएको हुँदा सिसी टिभीको फुटेज चेक गरेर गलत र सही कुराको छानबिन गरी दोषीलाई कारबाहीकाे माग समेत गरेका छन् ।

विज्ञप्तिमा उल्लेख गरिए अनुसार,
२०८०/१०/२१ आइतबारका दिन राईनास नगरपालिकाको प्रशासकीय प्रमुख अधिकृत प्रकाश राज पौडेल लगाएतले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेखित कुरा सत्य नभएको हुँदा जनतालाई भ्रममा नपर्न सबैमा अनुरोध गरिएको छ ।

जिल्ला सेक्रेटरी प्रयास सीद्वारा हस्ताक्षरित विज्ञप्तिको पूर्ण पाठ यस प्रकार छ –


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।