२८ बैशाख २०८१, शुक्रबार

अखिल (क्रान्तिकारी) पश्चिम दाङको अध्यक्षमा नविन सी

0

तुलसीपुर: नेकपा निकट अखिल (क्रान्तिकारी) पश्चिम दाङको २६ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
मंगलबार तुलसीपुरमा सम्पन्न भएको सम्मेलनले विद्यार्थी नेता नविन सीलाई अध्यक्षमा निर्वाचित गर्दै २५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो ।

सम्मेलनपछिको बसेको प्रथम बैठकले अध्यक्ष मात्रै टुंग्याउने काम भएको बाँकी पदाधिकारी दोस्रो बैठकले टुंग्याउने संगठनले जनाएको छ ।


नविन सीको अध्यक्षतामा बनेको समितिमा केवी, गोपाल, दिपेश अबिना, रिता, जोया, मुकुन्द, नबिता, त्रिभुवन, सलिना, तारा, प्रवीण, समिरा, ललित, सुशील, सन्ध्या, सुनिता, धनमाया, थम्मन, गोबिन्द, अनिश, इन्द्रा रहेका छन् ।

अखिल (क्रान्तिकारी) को २६ औँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य प्रदिप सीले शिक्षा निशुल्क, वैज्ञानिक, व्यवहारिक र समान हुनुपर्ने धारणा राखेका थिए ।

शिक्षा क्षेत्रमा भैरहेको निजीकरण, दलालीकरण र माफियाकरणका विरुद्ध सडक बाघको रुपमा स्थापित अखिल (क्रान्तिकारी) ले संघर्ष गर्नुपर्ने समेत बताएका थिए ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदिप सीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा पश्चिम दाङका सचिव निर्मल सी, नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य एवम् पार्टीका राप्ती ब्युरो कार्यालय सचिव विकास सी, अखिल (क्रान्तिकारी) पश्चिम कमान्ड इन्चार्ज प्रीतिमा सी, अखिल (क्रान्तिकारी) राप्ती ब्युरो इन्चार्ज राजेन्द्र सी, संगठनका राप्ती ब्युरो सदस्य खुमन सी, नेकपाका तुलसीपुर नगरका इन्चार्ज भुवन सी, गणतान्त्रिक खेलकुद महासंघका लुम्बिनी प्रदेश इन्चार्ज रुद्र सी , अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य विजय सी, नेकपा तुलसीपुर नगर सेक्रेटरी शिव सी, जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश ओली, युवा संगठन नेपालका राप्ती ब्युरो इन्चार्ज जिवनी सी, अखिल (क्रान्तिकारी) देउखुरीका उपाध्यक्ष शिव सी, श्रमिक समुदाय मोर्चाका जिल्ला अध्यक्ष दिल बहादुर सी, नेकपा पश्चिम दाङ जिल्ला कमिटी सदस्य भरत सी, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) दाङ जिल्ला कार्यालय सदस्य हिरालाल ओली (जनार्दन), अखिल नेपाल शिक्षक संगठन तुलसीपुर नगरका सचिव कमल प्रकाश शर्मा, सिएनटी प्रेसका सञ्चालक सागर सुबेदी लगाएतको आतिथ्य रहेको थियो ।

२६ औ जिल्ला सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदिप सी, नेकपा पश्चिम दाङका सचिव निर्मल सी, नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य एवम पार्टीका राप्ती ब्युरो कार्यालय सचिव विकास सी, अखिल (क्रान्तिकारी) पश्चिम कमान्ड इन्चार्ज प्रीतिमा सी, अखिल (क्रान्तिकारी) राप्ती ब्युरो इन्चार्ज राजेन्द्र सी , गणतान्त्रिक खेलकुद महासंघका लुम्बिनी प्रदेश इन्चार्ज रुद्र सी , अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य बिजय सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश ओली , युवा संगठन नेपालका राप्ती ब्युरो इन्चार्ज जिवनी सी , अखिल (क्रान्तिकारी) देउखुरीका उपाध्यक्ष शिव सी , माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) दाङ जिल्ला कार्यालय सदस्य हिरालाल ओली (जनार्दन) , अखिल नेपाल शिक्षक संगठन तुलसीपुर नगरका सचिव कमल प्रकाश शर्माले सम्मेलन सफलताको शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए ।

अखिल (क्रान्तिकारी) राप्ती ब्युरो सदस्य खुमन सीले सम्मेलनमा प्यानल प्रस्ताव गरेका थिए भने नवनिर्वाचित कमिटीलाई बधाई मन्तव्य नेकपा तुलसीपुरका इन्चार्ज भुवन सी र नेकपा बबईका इन्चार्ज उज्वल सीले व्यक्त गरेका हुन् ।

विद्यार्थी नेता अबिनाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन बिद्यार्थी नेता केवी सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।