१३ बैशाख २०८१, बिहीबार

धनगढीमा नेकपाको वडा भेला सम्पन्न

0

धनगढीः नेपाल कम्युनिष्ट पार्टी धनगढी उपमहानगर समितिले धनगढीका दुई वटा वडामा वडा भेला सम्पन्न गरेको छ । वडा नम्बर १३ को वडा भेला बुद्धिराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । भेलाको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका विशेष समिति सदस्य अनुकूल रहेका थिए भने अन्य अतिथिहरूमा नेकपा कैलालीका सल्लाहकार भक्तराज भट्ट, जिल्ला सदस्यहरू सिताराम चौधरी, शिवराज जोशी, मन नेपाली लगायत रहेका थिए ।
           भेलाबाट रामचरण चौधरीको अध्यक्षतामा १३ सदस्यीय वडा समिति पुनर्गठन गरिएको छ । वडा नम्बर १५ को वडा भेलामा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका विशेष समिति सदस्य लाल बहादुर कुँवर रहेका थिए भने अन्य अतिथिहरूमा जिल्ला सचिवालय सदस्य सिताराम चौधरी, शिवराज जोशी, जिल्ला सदस्यहरू मन नेपाली, अनिल वि।क, भोजराज वि।क लगायत रहेका थिए । वडा भेलाले रूपा सार्की सेक्रेटरी रहेको १९ सदस्यीय वडा समिति पुनर्गठन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।