६ बैशाख २०८१, बिहीबार

संयुक्त मोर्चा संघर्ष समिति मकवानपुरद्वारा संघर्षका कार्यक्रम सार्वजनिक

0

संयुक्त मोर्चा संघर्ष समिति मकवानपुरले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । मोर्चाको आज बसेको बैठकले भोलि साउन १३ गतेदेखि संघर्षका कार्यक्रम गर्ने घोषणा गर्दै कार्यक्रम सार्वजनिक गरेको हो ।
एमसीसी, आइपीएस, एसपीपी, नागरिकता विधेयक, मँहगी, भ्रष्टाचार कालाबजारी नियन्त्रण तथा राजबन्दी रिहाइको माग गर्दै मोर्चाले संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

१२ गते बसेको मोर्चाको बैठकले आम जनसमुदाय, पत्रकार, बुद्धिजीवी, युवा विद्यार्थी सबैलाई आफ्नो अभियानका बारेमा जानकारी गराउँदै संघर्षका कार्यक्रममा सहभागिताको लागि अपिल गर्ने
एमसीसी, आइपीएस, एसपीपी खारेज र नागरिकता विधेयकका प्रावधानहरु खारेजका लागि साउन १३ गते बुद्धचोकमा हस्ताक्षर संकलन गर्ने, साउन १७ गते मसाल जुलुस र २० गते प्रदेश मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र र हस्ताक्षर बुझाउने लगायतका कार्यक्रम मोर्चाले सार्वजनिक गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिमा मर्चाका तर्फबाट नेकपा मकवानपुरका सेक्रेटरी राम घलान (वाटर), वैज्ञानिक समाजवादीका जिल्ला सदस्य यदु पासा, नेकपा मकवानपुरका संयोजक माननाथ तिमल्सिना, राष्ट्रिय जनमोर्चा नेपाल मकवानपुरका संयोजक ओबेन्द्र बहादुर लुइँटेल, नेकपा माले मकवानपुरका उपाध्यक्ष हरिकृष्ण अधिकारी, नेपाल मजदुर किसान पार्टीका जिल्ला सदस्य दीपेन्द्र श्रेष्ठ, सचेत नेपाली मकवानपुरका प्रवक्ता मुक्तिनाथ पुडासैनी, नागरिक सरोकार समिति मकवानपुरका संयोजक केशव गौतम, स्वतन्त्र बुद्धिजीवीका मान बहादुर लामा लगायतले हस्ताक्षर गरेका छन् ।                                 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।