१५ बैशाख २०८१, शनिबार

चार दलिय संयुक्त रणनैतिक मोर्चाद्धारा देशव्यापी कोणसभा गरिदैं

0

काठमाण्डौं

             नेपालमा MCC लागु गर्ने शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले संसदबाट पारित गराउने दृष्टता गर्दा राष्ट्रिय रुपमा नेपाली जनताको कडा बहस, विवाद, विरोध र प्रतिरोधको सामना गर्नु पर्यो । यसको बिचबाट MCC विशुद्ध आर्थिक एव विकास परियोजना हो भन्ने धुर्त र नितान्त झुट कुतर्कंको साहारा लिएर दलालहरुले सदनबाट धाँधलीपूर्ण तरिकाले पारित गराए । त्यसको केहि समय बित्न नपाउदै संयुक्त राज्य अमेरिकासँग राज्य साझेदारी कार्यकम SPP को मुद्धा मुख्य बन्न पुगेको छ । नेपाली जनताको चर्को विरोधका कारण असार ६ गते देउवा सरकार SPP लागु नगर्ने र सो अनुसार अमेरिकी सरकारलाई पत्राचार गर्ने निर्णय गर्न बाध्य भयो । तर थप अध्ययन र परामर्शको नाममा सरकारले अहिलेसम्म अमेरिकालाई पत्राचार गरेको छैन । यस कार्यले देउवा सरकारको नियत उदाङ्गिएको छ । घटनाक्रम र तत्थ्यहरुले प्रमाणित गर्दछन् र अमेरिकी साम्राज्यवादद्धारा हाम्रो राष्ट्रियतामाथिको शृँखलाबद्ध हस्तक्षेप हो, भने देउवा नेतृत्वको गठवन्धन सरकारको राष्ट्रघात एवम् आत्मसमर्पण हो । यसका विरुद्ध निमर्म संघर्ष गर्नुको विकल्प नेपाली जनताका सामु छैन् । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले मंगलबार प्रज्ञाभवन, कमलादीमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको कार्यक्रमको तालिका अनुरुप । उपत्यकामा काठमाण्डौंको ईन्द्र चोक, गोंगबु बस पार्कको बिजि मल अगाडी, कोटेश्वर,ललितपुरको लगनखेल, भक्तपुरको सूर्यविनायकका साथै देश व्यापी कोण सभाको आयोजना गरिएको चार दलिय संयुक्त रणनैतिक मोर्चाले जानकारी गर्दै, देश भक्त, राष्टवादी, सम्पूर्ण नेपाली नागरिकहरु लाई राष्टघात र जनघातको विरुद्ध आन्दोलनमा सहभागी हुन अपिल गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।