२ जेष्ठ २०८१, बुधबार

नेपाली विशेषताको समाजवादले मात्र युवाहरुको समस्या हल गर्छ : रक्तिम

0

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल रौतहटको जिल्ला भेला सम्पन्न भएको छ ।
सो भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीको पोलिट व्युरो सदस्य एवं पुर्वी नारायणी व्युरो इन्चार्ज रक्तिम सीले नेपाली विशेषताको समाजवादले मात्र युवाहरुको समस्या हल गर्ने धारणा राखे । प्रमुख अतिथि रक्तिमले युवा संगठन नेपालको पाँचौ राष्ट्रिय सम्मेलन भव्य रुपमा बनाउन यस रौतहट जिल्लाको मुख्य भूमिका रहेको बिताएका छन् । साथै देश संकटमा परेको बेला देश बचाउने जिम्मा युवा संगठन नेपालको रहेकोले युवाहरुले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए ।


उक्त कार्यक्रममा नेकपा रौतहटका जिल्ला इन्चार्ज शिवशंकर सीले तराईमा व्याप्त मिटर व्याजको समस्याकाे हल गर्न युवाहरुको विशेष भुमिका हुने धारणा व्यक्त गरे । युवा संगठन नेपाल पुर्वी नारायणी ब्युरो इन्चार्ज एवं युवा संगठन नेपाल पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य विवेक सी, पार्टी जिल्ला सेक्रेटरी जितेन्द्र सी, किसान महासंघका केन्द्रीय सदस्य लालबाबु शाह, उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य सुरेन्द्र शाहलगाएतका अतिथिले नवनिर्वाचित टिमलाई बधाई एवं शुभकामना दिएका थिए । सो भेलाले सन्तोष शाहको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ । जसमा सचिव जनक धारी, कोषाध्यक्षमा सुनैना, सदस्यहरुमा सन्तोष , साजन ,रविन, सन्तलाल, विष्णुलाल, सन्तुरामलगाएत रहेका छन् । सोही कार्यक्रममा अध्यक्ष सनम र सचिव धर्मेन्द्रको नेतृत्वमा ९ सदस्यीय श्रमिक समुदाय मोर्चाको जिल्ला भेला आयोजक कमिटी समेत निर्माण गरिएको थियो । सो कार्यक्रम सन्ध्या सीको अध्यक्षता एवं विराज सीको संचालनमा भएको थियो भने स्वागत मन्तव्य जितेन्द्र सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।