७ जेष्ठ २०८१, सोमबार

नेकपा र नेकपा माओवादी केन्द्रले दैलेखमा मनाए संयुक्त रुपमा जनयुद्ध दिवस

0

दैलेख । नेपाल कम्युनिष्ट पार्टी दैलेख र नेकपा (माओवादी केन्द) आठविस नगरपालिकाले २९ औं जनयुद्ध दिवस संयुक्त रुपमा मनाएका छन ।
दुबै पार्टीले जिल्लाको राकम कर्णालीमा संयुक्त रुपमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी जनयुद्ध दिवस रुपमा मनाएका हुन ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सदस्य तथा दैलेख जिल्ला ईन्चार्ज कलम सीले सामन्ती,नोकरशाही व्यवस्था बिरुद्ध भएको जनयुद्धमा जीवनको बलिदान गर्ने सम्पुर्ण सहिदहरु प्रति श्रद्धाञ्जली वक्त गर्दै सहिद परिवारजन,वेपत्ता योद्वा,घाईते योद्वा,पार्टी नेता,कार्यकर्ता,शुभचिन्तक र श्रमिक जनतालाई २९अ‍ौँ जनयुद्ध दिवसको हार्दिक शुभकामना ब्यक्त गरे ।

उनले विगतमा जनयुद्ध नेपालमा जनवादी, समाजवादी व्यवस्थाका लागि गरिएको भएपनि अहिले नेपालमा दलाल पुँजीवादी व्यवस्था आएको बताए । उनले दलाल पुँजीवादी व्यवस्थामा देखिएको संकटको समाधान नेपाली विशेषताको समाजवादले मात्र गर्न सकिने ठोकुवा गरे ।

जनताले विकल्प खोजेको कुरामा जोड गर्दै उनले मजदुर ,किसान,मध्यम वर्ग र राष्ट्रिय पुँजीपति वर्ग कम्युनिस्ट ,बामपन्थी,गणतन्त्रवादी र देशभक्त शक्तिहरु एकजुट भएर राष्ट्रलाई निकास दिन सकिने तर्क तर्क गरे । उनले सहिदहहरु,बेपत्ता योद्वाहरु,घाईते र नेपाली जनताको सपना समाजवादले मात्र पूरा हुने विश्वास व्यक्त गरे ।

नेकपा माओवादी केन्द्रका नेता तथा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हिक्मत शाहीले जनयुद्धले महान परिवर्तन गरेको र यसको अझै अधुरो सपना पुरा हनु वाकी रहेको बताए । उनले जनयुद्धको सपना पुरा गर्न माओवादी घटक सवै एकतावद्ध हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अखिल(क्रान्तिकारी) का केन्द्रीय समिति सदस्य उदयराम सी, जेष्ट कम्युनिष्ट मञ्चका राकम,नेपाल कम्युनिस्ट पार्टीका लोगराज सी र क्रान्ति सीको आतिथ्यता रहेको थियो । कार्यक्रममा सहिद परिवारहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा जनकलाकारहरुले जनवादी गीत,नृत्य देउडा प्रस्तुत गरेका थिए ।

नेकपा (माओवादी केन्द्र )आठविस नगर समिति अध्यक्ष वसन्त वस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन लोग वहादुर शाहीले गरेका थिए । यसैविच नेकपाले साँझ तिर दीप प्रज्वलन कार्यक्रम समेत गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।