५ जेष्ठ २०८१, शनिबार

२९ औं जनयुद्ध दिवसको अवसरमा हेटौंडामा दीप प्रज्वलन

0

हेटौंडा । नेकपा मकवानपुर र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा हेटौंडाको बुद्धचोकमा २९ औं जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।

निरंकुश राजतन्त्रको अन्त्य गर्दै जनवादी व्यवस्था स्थापनाका लागि आम नेपाली जनतालाई आन्दोलनमा होमिन प्रेरित गरेको दिनको स्मरण गर्दै पार्टीले संयुक्त रुपमा कार्यक्रम गरेको हो ।

नेकपाका केन्द्रिय सदस्य तथा दक्षिण-पूर्व मकवानपुरका इन्चार्ज राम सीले नेपाली जनतालाई जिम्मेवार जनताको रुपमा स्थापित गराउने, आफ्नो हक, हित र अधिकारका लागि बोल्न सक्ने बनाउने, जनयुद्धको पहिलो दिनलाई कालो दिनको संज्ञा दिन खोज्ने षड्यन्त्रकारी तत्वलाई सारा कम्युनिस्टहरु एक ठाउँमा आएर जवाफ दिनुपर्ने बेला आएको बताए ।


बागमती प्रदेशका सांसद छिन्तु पुलामी मगरले फागुन १ गतेको दिन ऐतिहासिक दिन भएकोले यसलाई नेपाली जनताले भुल्न नहुने बताउँदै शुभकामना दिएका थिए । साथै नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सचिवालय सदस्य ज्वाला घलानले पनि कार्यक्रमको सम्बोधन गर्दै शुभकामना व्यक्त गरेका छन् ।

साथै नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले पार्टी कार्यलयमा शुभकामना आदानप्रदान कार्यक्रम पनि सम्पन्न गरेकाे छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।