५ जेष्ठ २०८१, शनिबार

२९ औँ जनयुद्ध दिवसको अवसरमा बागलुङमा शुभकामना आदनप्रदान तथा दीप प्रज्वलन

0

बागलुङ । नेपाल् कम्युनिस्ट पार्टी बागलुङले २९ जनयुद्ध दिवस भव्यताक साथ मनाएको छ ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य तथा धौलागिरी ब्यूरो इन्चार्ज विकिरण सीले १० वर्ष जनयुद्धमा परि ज्यान गुमाएका सम्पूर्ण महान सहिदहरुलाई सम्झदै उनीहरुको त्याग र बलिदानले गर्दा आज देशमा हरेक मान्छेले आफ्नो स्वतन्त्रता पाएको बताए ।
तर १० वर्ष जनयुद्ध लडेर नेपाली जनताले जुनखालको आसा गरेको थिए त्यो नेपाली जनताले त्यो खालको आसा महसुस गर्न नपाएको र जून उपलब्धि आउन पर्ने हो जनयुद्ध त्यो उपलब्धि आउन नसकेको उनले बताए ।
उनले भने,’त्यो समयको लडाइले केहि परिवर्तन त भयो तर खास परिवर्तन भएन र अब फेरि एक पटक नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा नेपाली समाजलाई सुहाउने खालको समाजवाद ल्याउनको लागी सबै नेपाली एकजुट भइ अगाडि बढ्नु पर्ने बेला आएकाे छ ।’

नेकपाका बागलुङ नगर इन्चार्ज महेन्द्र सीकाे अध्यक्षतामा भएको कार्यक्रममा नेकपाको केन्द्रिय सदस्य तथा धौलागिरी ब्युरो इन्चार्ज विकिरण सीको प्रमुख आतिथ्य र अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य धौलागिरी ब्यूरो इन्चार्ज उपेन्द्र सी, मुरारी सी, पार्टीको कर्याकर्ताहरुको उपस्थिति रहेको थियो ।
अखिल (क्रान्तिकारी) बागलुङका अध्यक्ष सुधन सीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन लछुमन सीले गरेका थिए ।


बागलुङ बजारको बिचमा रहेको ताइगर चोकमा दीप प्रज्जवलन गरि कार्यक्रम सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।