२३ बैशाख २०८१, आईतवार

अखिल (क्रान्तिकारी) रसुवाको प्रथम जिल्ला सम्मेलन सम्पन्न, मत्ति सीको नेतृत्वमा ३५ सदस्यीय जिल्ला समिति चयन

0

कालिकास्थान । अखिल (क्रान्तिकारी) जिल्ला समिति रसुवाको प्रथम जिल्ला सम्मेलन नयाँ नेतृत्व निर्वाचित गर्दै सोमबार सम्पन्न भएको छ । कालिकास्थानमा सम्पन्न सम्मेलनको बन्दसत्रले मत्ति  सीको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो ।

सम्मेलनको सम्बोधनसहित नवनिर्वाचित समितिलाई बधाई दिदै कार्यक्रमका प्रमुख अतिथि  अखिल (क्रान्तिकारी) केन्द्रीय कार्यलय सदस्य तथा बागमती कमान्ड इन्चार्ज मदन सीले अबको विद्यार्थी आन्दोलन हाक्ने र देश निमार्ण गर्ने प्रमुख दायित्व नवनिर्वाचित विद्यार्थीहरुको  काँधमा आएको बताएका छन् ।
उनलेे भने,’शिक्षा व्यक्तिगत विषय होइन, सामूहिक व्यवहार, प्रयोग र अनुसन्धानबाट संश्लेषित ज्ञान हो , शिक्षा व्यापारको वस्तु होइन, जनताको अधिकार हो ,  हरेक नागरिकलाई शिक्षाको समान अवसर प्रदान गरिनु पर्छ त्यसैले  शिक्षामा हुने निजीकरण, व्यापारीकरण खारेज गर्न आवश्यक छ । अन्य संगठनको तुलनामा विद्यार्थीका मुद्धा बलियो रुपमा उठाएको दाबी गर्दै केन्द्रीय समितिको गति अनुसार नै जिल्ला समितिलाई पनि अघि बढ्न र त्यो जिम्मेवारी अग्रमोर्चामा रहेर पुरा गर्न नयाँ कार्यसमितिलाई निर्देशन छ ।’
विशेष अतिथि नेपाल कम्युनिस्ट पार्टीका केद्रिय सदस्य  तथा रसुवा जिल्ला इन्चार्ज सागर सीले  आजको राजनीतिक संकट र शैक्षिक विसंगति र व्यापारीकरणको अन्त्य र जिल्लामा देखिएका सामाजिक आर्थिक, समस्या र माओवादी नेतृत्वमा देखिएको बिचल्लन्ताले आन्दोलन सकिन थालेको जस्तो देखिएपनि जिल्लाको मुख्य समस्या भनेको विदेश पलायन रहेको र तत्काल युवालाई देशमा रोजगारी सृजना गर्नुपर्ने, मिटर ब्याजी, लघुवित्त सहकारी ठगीको अन्त्य हुनुपर्ने, गुणस्तर शिक्षा हुनु पर्ने बताएका थिए ।

नवनिर्वाचित जिल्ला कार्यसमितिलाई संगठनका केन्द्रीय कार्यालय सदस्यसमेत रहेका बागमती कमाण्ड इन्चार्ज मदन सीले पद तथा गोपनियताको सपथ ग्रहण गराए । साथै उक्त कार्यक्रमका अतिथि अखिल (क्रन्तिकारि ) का केन्द्रिय सद्स्य तथा पश्चिम ताम्सालिंङ व्यूरो इन्चार्ज मेघेन्द्र सिले प्यानल प्रस्ताव राख्नुका साथै बधाई मन्तव्य समेत राखेका थिए ।

सम्मेलनका अतिथि अखिल (क्रन्तिकारि) का केन्द्रिय सद्स्य तथा नुवाकोट /रसुवा अभियान इन्चार्ज रोजि सि, नेकपा रसुवा जिल्ला सद्स्य निमा सी , ह्वाङडा सी , लाप्पा सी , लगायतका अतिथिले स्वागत तथा शुभकामना मन्तव्य राखेका थिए उक्त कार्यक्रमको सन्चालन मत्ति तामाङले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।