२३ बैशाख २०८१, आईतवार

अखिल (क्रान्तिकारी) पश्चिम चितवनको प्रथम जिल्ला भेला सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) पश्चिम जिल्ला चितवनको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । जिल्ला संयोजक रुजित सीको अध्यक्षतामा, संगठनका केन्द्रिय कार्यलय सदस्य अटल  सीको प्रमुख आतिथ्यता, नेपाल कम्युनिस्ट पार्टीका माडी नगर सेक्रेटरी आशीक सी  र नेकपा पश्चिम जिल्ला समिति सदस्य अर्पण सीको आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का कार्यलय सदस्य तथा नेकपा पश्चिम चितवन जिल्ला सेक्रेटरी अटल सीले सम्मेलनबाट निर्वाचित हुने नेतृत्व शैक्षिक दलाल तथा भ्रष्टहरु विरुद्ध एकीकृत रुपमा आक्रमणमा उत्रिनुपर्ने  बताए । सम्राज्यवाद नयाँ ढङ्गले आएको र अध्ययन अनुसन्धान विना सम्राज्यवादको प्रवेश समेत थाहा नपाइने तरिकाले आएकोले विद्यार्थीहरुले यसको हस्तक्षेपबारे विश्लेषण गर्दै जनतालाई जागरणमा ल्याउनुपर्ने बताए ।  विद्यार्थीहरु नयाँ गर्न खोज्ने र नयाँ सोच्नपर्ने बताए । उनले इतिहासमा ग्यालिलियो ग्यालिलीहरुले सुर्यलाई पृथ्वीले घुम्छ भन्दासमेत चर्चले दु:ख दिएको, गङ्गालालले सबैले पढ्न पाउनुपर्छ भन्दा मारिनुपरेको कुरा स्मरण गर्दै विद्यार्थीहरु चरित्रको हिसाबले संघर्षमुखी र संघर्षमा जीवन देख्ने हुने हुँदा आजको विद्यार्थीहरुले अहिलेको समस्याहरुमा घोत्लिदै नयाँ बाटो, प्रगतिशील बाटोमा हिड्नुपर्ने र त्यो अखिल क्रान्तिकारीहरुले हिडिरहेको बाटो बताए ।

त्यस्तै इलाका सेक्रेटरी आशिक सीले अहिलेको व्यवस्थाले जनताको हित नगर्ने भन्दै वैज्ञानिक समाजवादी व्यवस्था निर्माणमा जुट्नुपर्ने बताए ।

भेलाले रुजित सीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ भने सचिवमा अर्जुन सी र कोषाध्यक्षमा मनिल सी निर्वाचित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।