२३ बैशाख २०८१, आईतवार

अखिल (क्रान्तिकारी) मकवानपुरको २५ औं जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा सुवास

0

मकवानपुर । अखिल (क्रान्तिकारी) मकवानपुरको २५ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सुवास सीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिती चयन गरेको छ । 

सोमबार हजारौं विद्यार्थीहरुको उपस्थितिमा जिल्ला सम्मेलन भएको हो । विद्यार्थीहरु मकवानपुरका विभिन्न विद्यालयबाट आआफ्नै ब्यानरसहित उपस्थित भएका हुन् । सम्मेलन उद्घाटन पूर्व सिद्धार्थ माविको प्राङ्गणबाट निस्केको र्‍याली हेटौंडाको बुद्धचोक, सिमाचोक, स्कुलरोड हुँदै हेटौंडा क्याम्पसको प्राङ्गणमा पुगेको हो । 

अतिथी गणद्वारा २५ वटा मैबत्ती बालेर उद्घाटन गरेको २५ औं जिल्ला सम्मेलनले सुबाअ सीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिती चयन गरेको छ । साथै उपाध्यक्ष दिलमाया सी, सचीव आकाश सी, सह सचीव अन्जन सी र कोषाध्यक्ष निर्मला सी रहेका छन् । सदस्यहरुमा विपना सी, लखन सी, पाल्देन सी, रोसनी सी, सन्देश सी, पासाङ सी, सुशिला सी, मन्दिप सी, प्रेमिका सी, उजेली सी, राजकुमार सी, सीता सी, अमिशा सी, आशिष सी, रजिना सी, एलिना सी निर्वाचित भएका छन् ।

 २४ औं जिल्ला समितिका अध्यक्ष सुर्य सीको सभाध्यक्षतामा भएको सम्मेलन उद्घाटन समारोहमा नेकपाका पोलिटव्युरो सदस्य तथा पश्चिम नारायणी व्युरो इन्चार्ज एटम सीको प्रमुख आतिथ्यता रहेको थियो । साथै पार्टीका केन्द्रिय सदस्य तथा दक्षिण-पूर्व मकवानपुरका जिल्ला इन्चार्ज राम सी र अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा मधेस कमाण्ड इन्चार्ज प्रकाश सीको विशेष आतिथ्यता रहेको थियो । 

त्यस्तै पार्टीका केन्द्रिय सदस्य मिङमार सी, केन्द्रिय सदस्य तथा सामना परिवारका इन्चार्ज आरोह सी, केन्द्रिय प्रतिनिधि समिती सदस्य तथा उत्तर पश्चिम मकवानपुरका इन्चार्ज सुर्य सी, दक्षिण-पूर्व मकवानपुरका सेक्रेटरी विवेक सी, अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा नारायणी व्युरो इन्चार्ज तारा सी, युवा संगठन नेपालका सचिवालय सदस्य तथा नारायणी व्युरो इन्चार्ज विवेक सी लगायतको आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।