३ भाद्र २०८२, मंगलवार

सामाजिक विकृति फैलाउनेमाथि कार्वाही गर्ने युवा संगठन नेपाल संखुवासभाको चेतावनी

0

संखुवासभा । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल संखुवासभाले समाजमा सामाजिक विकृति फैलाउनेहरुलाई कार्वाहीे चेतावनी दिएको छ ।

युवा संगठन नेपाल संखुवासभाका अध्यक्ष सन्तोश तामाङले विहिवार एक प्रेश विज्ञप्ति जारी गर्दै जाँड रक्सी सेवन गरी बिद्यालय जाने शिक्षक र स्थानीय तहका भ्रष्टाचारी, कमिसनखोरीदेखि सरकारी अनुदान लिएर दुरुपयोग गर्नेमाथि कार्बाही गर्ने चेतावनी दिएका हुन ।

युवा संगठनले जिल्लाभर सामाजिक क्षेत्रमा व्यापाक विकृति बढको भन्दै त्यसलाई नियन्त्रण गर्नु संगठनको दायित्व भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

युवा संगठन नेपालले शिक्षा, स्वास्थ्य क्षेत्रमा भईरहेको व्यापारिकरण र समाजमा भईरहेको भ्रष्टाचार विरुद्ध कार्बाही गर्ने बताएको छ । संगठनले बिकास निर्माणका काममा सत्ताधारी पार्टीका नेता कार्यकर्ताको हालीमुहाली भएको भन्दै किमाथांका सडक निर्माणमा लागि दवाव दिने विज्ञप्तिमा जनाएको छ ।

तीनै तहका जनप्रतिनिधीले लिने २८देखि ३० प्रकासरका भत्ता खारेजी गर्नु पर्ने, सरकारी सवारी साधन दुरुपयोग रोक्नुपर्ने, सार्वजनिक सम्पत्ती दुरुपयोग गर्नेमाथि कार्वाही हुनुपर्ने समेत युवा संगठन नेपालले माग गरेको छ ।

उसले विज्ञप्ति मार्फत लघुवित्त, बैंक वित्तिय संघ संस्थाहरुको ठगि बिरुद्धमा संघर्ष गर्ने, सरकारी अनुदान दुरुपयोग बिरुद्धमा जाने, किसानको बस्तु तथा सेवा उत्पादनलाई बजारीकरण गर्न दवाव दिने, संखुवासभाको पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने पनि जनाएको छ ।

विज्ञप्तिको पूर्णपाठ

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।