४ जेष्ठ २०८१, शुक्रबार

बझाङमा माओवादी केन्द्रका गाउँकमिटी अध्यक्ष थापा नेकपा प्रवेश

0

बझाङ्ग : बझाङको माओवादी केन्द्रका नेता नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । जिल्ला दुर्गाथली गाउँपालिकाका गाउँ कमिटी अध्यक्ष आनन्द थापा नेकपामा प्रवेश गरेका हुन् ।

उनलाई नेकपा बझाङका जिल्ला इन्चार्ज भरत सी , जिल्ला सचिव प्रवीण सी लगायत नेताहरुले पार्टीमा स्वागत गरेका हुन । नेकपा जिल्ला इन्चार्ज भरतले पार्टीमा क्रान्तिकारीहरुको ध्रुवीकरणले समाजवाद स्थापनार्थ दूरगामी महत्व राख्ने बताए । सच्चा देशभक्त युवाहरु एकजुट भए मात्र देशमा जनताको सत्ता स्थापना गर्न सकिने उनको भनाइ छ ।

अध्यक्ष थापाले माओवादी केन्द्रमा आएको बिचलनका कारण जनताको र राष्ट्रियताको मुद्दा बोकेको नेकपामा प्रवेश गरेका बताएका छन् । नेकपाले सुरु गरेको एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद ल्याउने अभियानमा प्रतिवद्ध भई लाग्ने थापाले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।