२० बैशाख २०८१, बिहीबार

युवा संगठन नेपाल पूर्वी प्यूठानकाे तेस्राे जिल्ला सम्मेलन सम्पन्न

0

प्यूठान । युवा संगठन नेपाल पुर्वी प्युठानकाे तेस्राे जिल्ला सम्मेलन बिजुवारमा सम्पन्न भएको छ ।
राष्ट्रघात, विभेद, शाेषण र भ्रष्टाचार विरुद्धकाे हाम्रो आन्दाेलन, एकीकृत जनक्रान्ति र सुदृढ संगठनकाे लागि तेस्राे जिल्ला सम्मेलन !! भन्ने मूल नारासहित बिजुवारस्थित सहिद प्रतिष्ठानकाे भवनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा प्युठान इन्चार्ज जागृति सी रहेका थिए ।

उनले राष्ट्रघात र भ्रष्टाचार विरुद्धको अभियानमा युवा संगठन नेपााल खराे रुपमा उत्रन आव्हान गर्दै सम्मेलन पूर्ण सफलताको शुभकामना मन्तव्य व्यक्त गरे । त्यस्तै नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा युवा संगठन नेपालका केन्द्रीय सचिव विश्लेषण सी, दलाल संसदिय व्यवस्थाकाे अन्त्य गरि एकीकृत जनक्रान्तिमार्फत नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्न क्रान्तिकारी युवाहरुकाे भूमिका नै प्रमुख हुने भन्दै प्युठानी क्रान्तिकारी युवाहरुलाई एकीकृत जनक्रान्तिकाे झण्डामुनि गाेलबन्द हुन आग्रह गरे । कार्यक्रममा नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा प्युठानका पूर्व इन्चार्ज सुर्य प्रकाश सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा पुर्वी प्युठानका सेक्रेटरी मुस्कान सी, सहिद परिवार तथा जिल्ला सल्लाहकार माेहन सी , नेकपा प्युठानका पूर्व जनसरकार प्रमुख तथा माण्डवी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष बाम बहादुर बुढा लगायतले बधाई तथा सम्मेलन सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


सम्मेलनले रणबीर सीकाे अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति निर्वाचित गरेकाे छ । जसकाे उपाध्यक्षमा देवा सी, सचिव महेश सी , सहसचिवमा सुनिता सी र काेषाध्यक्ष बुद्व सी लगायत रहेका छन् ।
कार्यक्रमकाे अध्यक्षता संगठनका केन्द्रीय सदस्य तथा प्युठान इन्चार्ज बिरवल सी र सन्चालन संगठनका जिल्ला संयाेजक मुक्ति सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।