१ जेष्ठ २०८१, मंगलवार

आरजु राणाको नाममा रहेको टिकापुर नगर विकास समितिको जग्गा नेकपा कैलालीद्वारा कब्जा

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी कैलालीले  नेपाली कांग्रेसकी नेता आरजु राणा देउवाको नाममा रहेको टिकापुर विकास समितिको सरकारी जग्गा कब्जा गरेको छ । टिकापुर नगर विकास समितिको नाममा रहेको सरकारी जग्गा राणाले सत्ता र शक्तिको आडमा आफ्नो नाममा गरेको भन्दै बिहीबार नेकपाले कब्जा गरेको हो ।

विभिन्न समयमा सरकारको नाममा रहेको सार्वजनिक जग्गा व्यक्तिले आफूखुशी गरेको भन्दै नियन्त्रणमा लिइरहेको बेला राणालाई कसैले बक्सिस दिएको  ३ कठ्ठा १० धुर सरकारी जग्गाको विषयमा कुनै प्रश्न नउठ्नु र सरोकार पक्ष मौन बस्नुले राज्यको निरिहता प्रस्ट भएको भन्दै कब्जा गरिएको नेकपाका केन्द्रिय सदस्य दिनेश सीले बताए ।

उनले भने, ‘रानालाई दलालहरुले बक्सिस दिएको सरकारी जग्गा आजैबाट राष्ट्रियकरण  गरि टिकापुर विकास समितिलाई फिर्ता गर्नुपर्छ, अख्तियारले पछिल्लो समय सरकारी जग्गा हिनामिना गरि आफ्नो व्यक्तिको नाममा राख्नेहरु खोज्दै कारवाही अगाडि बढाएतापनि २०६६ सालपछिको केशमा मात्रै केन्द्रित भएकोले यो वै ज्ञानिक छैन विभिन्न कालखण्डमा व्यक्तिको नाममा गएका सरकारी जग्गा सरकरलले नियन्त्रण गर्नुपर्छ, यो धेरै अगाडिको कुरा हो ।”

उनले यदी अख्तियारले सानाहरुलाई कारवाहीको नाटक गरेर ठुला माछा छोड्ने गर्छ भने हामी देशैभर दलालहरुले हडपेर आफ्नो नाममा  गरेको  सरकारी जग्गा जनताको साथ लिएर नियन्त्रणमा लिने चेतावनी दिए ।
युवा संघठन नेपालका पूर्व उपाध्यक्ष  तथा नेकपाका केन्द्रीय सदस्य दिनेश सीको नेतृत्वमा गएको टोलीले  पार्टीको झण्डासहित राणाको नाममा रहेको जग्गा आफ्नो पार्टीको नियन्त्रमा लिइएको घोषणा गरेको छ ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।