४ जेष्ठ २०८१, शुक्रबार

साम्राज्यवादको डिजाइनमा प्रतिगमन र फाँसीवाद नेपालमा एकैसाथ आउँदैछ : कृति सी

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका पोलिट व्युरो सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सीले साम्राज्यवादको डिजाइनमा प्रतिगमन र फाँसीवाद नेपालमा एकैसाथ आउने खतरा भएको बताएका छन् । बुधबार काठमाडौं जिल्ला नम्वर २ अन्तरगत तारकेश्वर नगर समितिद्वारा आयोजित वर्तमान राजनीतिक संकट र यसको समाधान विषयक अन्तरक्रियामा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाली जनताको राजनीतिक दलप्रतिको असन्तुष्टिको फाइदा उठाउदै साम्राज्यवादले यही व्यवस्था ठिक छ, अवस्था परिवर्तन गर्नुपर्छ भन्ने भ्रमित नारा दिएर नयाँ शक्तिको नाममा प्रतिगमन र फाँसीवाद एकैसाथ लाद्न खोजिएको बताए । उनले भने, ‘भूराजनीतिक अन्तरविरोधका कारण नेपाल संकटतिर जाँदैछ, यो अहिलेको कुरा होइन । जब रामशरण महतहरुले नेपालमा उदारीकरण निजीकरणको अवधारणा ल्याए त्यहीबाट संकटको सुरुवात भयो ।’

भुमन्डलीकृत पुजीवाद एकीकृत भएर हस्तक्षेप बढाइरहेका बेला नेपालका कम्युनिस्टहरु छिन्नभिन्न भएको उनको भनाई थियो । उनले देशमा भएभरका उद्योगहरुलाई नेपालीको पहुँचबाट कटाएर यो देशमा भविश्य छैन भन्ने भ्रममा पारेर नेपाली युवा विद्यार्थीहरुलाई पलायन गराइ देशलाई परनिर्भर बनाउने साम्राज्यवादको डिजाइन रहेको बताउदै यसलाई रोक्न दलगत स्वार्थबाट माथि उठेर उनीहरुको डिजाइन असफल पार्न सबैलाई आव्हान समेत गरे ।

‘व्यवस्था खराब होइन, अवस्था खराब हो’ भन्नेहरुतर्फ लक्षित गर्दै नेता कृतिले यो दलाल संसदिय व्यवस्थाको भित्री इन्जिन नै ड्यामेज भइसकेकाले जस्ता प्रोफेसनल ड्राइभरलाई देश हाक्न दिएपनि अन्तत: देश दुर्घटनातिरै जानेसमेत जिकिर गरे । उनले भने, ‘अहिले ठुला शक्ति राष्ट्रको टकराब र नेपालका दलका लाचारीपनका कारण देशै नरहने खतरामा छ । एकातिर नेपालमा साम्राज्यवाद एमसीसीको चारो लिएर यहाँको प्राकृतिक श्रोत साधन तथा नेपालको भूमि अतिक्रमण गरेर सहयोगको नाममा नेपालमा सैन्य अखडा बनाएर चाइनामाथि हैकम जमाउन खोज्दैछ ।’

नेपालीहरु भारत र चीनको चेपुवामा परेको भन्दै उनले अगाडि भने, ‘नेपालको दलाल संसदीय व्यवस्थाको असफलताको कारण देशमा साम्राज्यवादी हस्तक्षेप तिब्र छ, यसरी  विश्वमा साम्राज्यवादको अवस्था हेर्दा र नेपालमा बढ्दो हस्तक्षेपले देशै नरहने खतरा छ । यसको मूलकारण अहिलेको दलाल व्यवस्था नै हो । यदी देश बचाउने हो भने साम्राज्यवादविरुद्ध लड्न एकीकृत कम्युनिस्ट पार्टी जरुरी छ, त्यतिमात्र होइन यो देशलाई माया गर्ने सम्पूर्ण देशभक्त, बुद्धिजीवि, लोकतन्त्रवादी, गणतन्त्रवादी र समाजवादीहरु एक हुन जरुरी छ । यो व्यवस्थाले राष्ट्रियताको रक्षा गर्न सक्दैन, यसलाई फाल्न जरुरी छ र त्यसको बदलामा उन्नत समाजवाद अझ भन्दा नेपाली विशेषताको समाजवाद आजको आवश्यकता हो ।’

नेकपाकी केन्दिय सदस्य तथा जिल्ला नम्वर २ कि इन्चार्ज ज्ञानु सीको अध्यक्षतासहित कार्यपत्र प्रस्तुतिबाट सुरु भएको अन्तक्रियाको संचालन जिल्ला सेक्रेटरी ज्याेति सीले गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा बुद्धिजीविहरुले विषयमाथि केन्द्रीत रहेर आफ्नो मत राखेका थिए । साथै तारकेश्वर नगरपालिका अन्तरगतका विभिन्न वडाका प्रतिनिधि साथै अन्यले समेत विषयमाथि आफ्नो मत राखेका थिए ।

कार्यक्रममा नेकपा एमालेको तर्फबाट सिताराम रेग्मी, नेकपा क्रान्तिकारी माओवादीका सचिवालय सदस्य शरद रसाइली, बुद्धिजिवी संगठनका केन्द्रीय सदस्य विष्णु सी, समाजसेवी तथा बुद्धिमान सुरेन्द्र बस्नेत, टोखा नगरपालिका वडा नम्वर ९ का अध्यक्ष रामभक्त अधिकारी, ताराकेश्वर नं.पा १० का अध्यक्ष तथा नेपाली काङ्ग्रेसका वडा सभापति कुमार राई लगायतले कार्यपत्रमाथि आफ्नो धारणा राखेका थिए । अधिकांशको मत अहिलेको सङ्कट यो व्यवस्था भएकाले विकल्प खोज्नुपर्ने र त्यसका लागि सम्पूर्ण देशभक्त समाजवादीहरु एकै ठाउँमा गोलबन्द भएर लड्नु पर्ने थियो । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।