३ आश्विन २०८१, बिहीबार

कालिकोटमा सुनथराली विमानस्थल उद्घाटन हुँदै

0

कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका कोटवाडास्थित सुनथराली विमानस्थल सोमबार उद्घाटन हुने भएको छ। उक्त विमानस्थल उद्घाटनको लागि काठमाडौँबाट सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नागरिक उड्डयनमन्त्री सुदन किराँती, अखिल समाजवादीका केन्द्रीय अध्यक्ष नरेन्द्र सी लगायतको टोली काठमाडौँबाट कालिकोट विमान अवतरण गर्नेछन् ।

उक्त विमानस्थल उद्घाटनको लागि नेपाल कम्युनिस्ट पार्टीको प्रवक्ता प्रकाण्ड सी पनि जाने तय भएको थियो तर प्रवक्ता प्रकाण्डको अन्य कार्यक्रम तय भएको कारण अखिल (समाजवादी)का केन्द्रीय अध्यक्ष नरेन्द्र सीलाई पठाएको प्रवक्ता प्रकाण्डको सचिवालयले बताएको छ ।
विमानस्थल परीक्षणको लागि प्राविधिक टोलीसहित आज उद्घाटन पूर्व आइतबार बिहान तारा एयरको ट्विनअटर विमान नेपालगञ्जबाट गएर प्रोभिन फ्लाइट गरेर फर्किसकेको छ ।

२०७९ माघ ११ गते कालोपत्रे सकिएपनि जहाज गएको थिएन । आज बिहान तारा एयरलाइन्सको जहाज अवतरण हुँदा स्थानीयको मुहारमा खुशी छाएको नेकपा कालिकोटले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।