३१ भाद्र २०८१, सोमबार

समाजवादी मोर्चा नेपाल कञ्चनपुरको सन्देश सभा सम्पन्न, संयोजकमा विराट सी

0

कञ्चनपुर: चार कम्युनिष्ट राजनीतिक दल सम्मिलित रहेको ‘समाजवादी मोर्चा नेपाल’ कञ्चनपुरको सन्देश सभा भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र जनता समाजवादी पाटी सम्मिलित रहेको समाजवादी मोर्चा नेपाल कञ्चनपुरको सन्देश सभा भएको हो ।

आइतबार महेन्द्रनगरमा आयोजित सभामा चारै राजनीतिक दलका नेताहरुले समाजवादी व्यवस्था स्थापितका लागि कम्युनिष्ट दल फुटेर नभई जुटेर अघि बढ्नुपर्नेमा जोडदिएका छन् । कार्यक्रममा प्रमुख अथिति समेत रहेका नेकपा एकीकृत समाजवादी पार्टीका स्थायी कमिटी सदस्य एवम पुर्वमन्त्री उर्वादत्त पन्तले समाजवाद स्थापनका लागि कम्युनिष्ट फुटेर नभई जुट्नुपर्नेमा जोडदिए ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोबिन्द विकले समेत व्यवहारिक रुपमा समाजवादी व्यवस्थाका लागि कम्युनिष्ट एकजुट हुनुपर्ने बताए । नेकपाका पोलिट्ब्यूरो सदस्य विकल्प सीले पनि कम्युनिष्ट दल धुव्रिकरण आवश्यक रहेको बताए । जसपा केन्द्रीय परिषद् सदस्य बबिता जैरुले पनि कम्युनिष्ट एजजुट भएर समाजवादी व्यवस्था ल्याउनुपर्नेमा जोडदिए ।

सन्देश सभामा नेकपा कञ्चनपुर इन्चार्ज विराट सीको संयोजकत्वमा समाजवादी मोर्चा जिल्ला कार्यसमिति विस्तार गरिएको छ ।

नेकपा माओवादी कञ्चनपुरका युवा नेता एव मोर्चा सदस्य समेत रहेका बिरेन्द्र राज विष्टले चारै दलबाट दुई/दुई सदस्य रहने गरेर जिल्ला कार्य समिति विस्तार गरिएको बताए । उनका अनुसार माओवादी केन्द्रबाट अमिन दहित(सुर्य), बिरेन्द्र राज विष्ट, नेकपा कञ्चनपुर इन्चार्ज विराट सी, नन्द बहादुर सी, नेकपा एकीकृत समाजवादीबाट हरिराम चौधरी, विष्ना भट्ट(पन्त) र जसपाबाट सिता नागरी, राम कुमारी राना रहेका छन । अहिले नेकपा विप्लवले मोर्चाको नेतृत्व गरेका छन । ‘केन्द्रीय नीति अनुरुप ६/६महिनामा नेतृत्व परिर्वतन हुने छ, ‘सदस्य विष्टले भने, ‘भावि दिनमा पालिका स्तरसम्मै सन्देश सभा आयोजना गछौँ ।’ मोर्चाका जिल्ला संयोजक बिराट सी को अध्यक्षतामा, मोर्चा सदस्य विष्ना पन्त(भट्ट)ले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य मोर्चा सदस्य बिरेन्द्रराज विष्टले राखेका थिए । कार्यक्रममा नेकपा माओवादीका जिल्ला संयोजक खेमराज पाण्डेय, नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज लाल बहादुर खड्कासहित चारै दलका जिल्ला स्तरका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।