२३ भाद्र २०८१, आईतवार

परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्व विषयक अन्तरक्रिया कपिलवस्तुमा सम्पन्न

0

 

कपिलवस्तु: परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्व विषयक अन्तरक्रिया कार्यक्रम पुर्वी कपिलवस्तुमा सम्पन्न भएको छ ।

जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ३ सिउटीमा श्रमिक सामुदायिक विभाग प्रमुख सन्तोषी सीको अध्यक्षतामा प्रमुख अतिथि पुर्वी कपिलवस्तु जिल्ला इन्चार्ज तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सुनिल सी रहेका थिए । अन्य अतिथिहरुमा जिल्ला सचिव दिपक सी, नेकपा एमालेका कमल क्षेत्री, समाजवादी पार्टीका टपलाल रावल, नेपाल समाजवादी पार्टीका कपिल पोख्रेल, क्रान्तिकारी पार्टीका वीर बहादुर विक, नेकपा जिल्ला सल्लाहकार अशोक सी, युवा संगठनका केन्द्रीय सचिव विश्लेषण सी, उत्तर अर्घखाँची जिल्ला सचिव सागर सी लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पुर्वी कपिलवस्तु जिल्ला इन्चार्ज सुनिल सीले श्रमिक समुदायको समस्याको समाधान नेपाली विशेषताको समाजवादमा हल हुने बताए । नेता सुनिल सीले दलित शब्दलाई नेपाल कम्युनिस्ट पार्टीले हटाई यसको विकास गरेर श्रमिक समुदाय बनाएको उल्लेख गरे । अझ सबै मान्छे सम्मान भएकोले नेकपाले सी जातिको विकास गरेको समेत दाबी गरे ।
उनलेे भने, ‘नेपालमा दलाल पुजीवादी असफलता भएको छ । साम्राज्यवादले नेपालमा धर्मको रुपमा जेलेस्किलाई अगाडि बढाएको छ । इतिहास भनेको पछाडि हैन अग्रगमनतिर जानुपर्छ । देशले आजको समयमा विकल्पको खोजि गरिराखेको छ । त्यसैले नेपाल कम्युनिस्ट पार्टीले नेपाली विशेषताको समाजवाद निकासको लागि अगाडि सारेको छ ।’

कार्यक्रममा नेपाल समाजवादीबाट कपिल पौडेल, नेकपा मसाल जिल्ला सचिव हेमलाल वाग्ले, माओवादी केन्द्रका नगर अध्यक्ष देवराज अर्ताल, नेकपा एमालेबाट कमल क्षेत्री, क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट वीरबहादुर विक, जनता समाजवादी पार्टीबाट चोपलाल रावल लगायतले बाेलेका थिए ।
अन्तरक्रिया कार्यक्रमको सन्चालन नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय प्रतिनिधि सदस्य सुस्मा सीले गरेकी थिइन् कार्यक्रममा स्वागत मन्तव्य पुर्वी कपिलवस्तु जिल्ला सचिवालय सदस्यीय सन्देश सीले राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।