२२ बैशाख २०८१, शनिबार

परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्व विषयक अन्तरक्रिया रौतहटको चन्द्रपुरमा सम्पन्न

0

रौतहट: नेपाल कम्युनिस्ट पार्टी श्रमिक समुदाय केन्द्रीय विभागले रौतहटको चन्द्रनिगाहापुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा अवधारणा पत्र पेश गर्दै विभागका संयोजक सन्तोषी सीले नेपालमा जातिय भेदभाव अझै भइराखेकाे बताउदै, जातिय छुवाछूतको अन्त्य गर्न नेपाल कम्युनिस्ट पार्टीले ९औं महाधिवेशनबाट सी जातिमा रुपान्तरण गरेकाले सी जातिको अवधारणाले नयाँ संस्कृतिको जग हालेको धारणा व्यक्त गरिन् । संसदीय श्रमिक समुदायका नेताहरु अवसरवादी भएकाले पनि दलित आन्दोलनले गति लिन नसकेको बताइन् । मधेशको दाइजो प्रथा, घुम्टो प्रथा र छुवाछूत विभेद जस्ता कु-संस्कारका विरुद्ध सबै मिलेर संघर्षमा जुट्ने बेला आएको उद्घोष गरिन् । 

कार्यक्रमका प्रमुख अतिथि रक्तिमले सामन्तहरुले बनाएको विभेदकारी संस्कृतिलाई तोड्न क्रान्तिमा लामबद्ध हुन जरुरी रहेको बताउदै तराईको दाइजो, घुम्टो प्रथा र दलाल पुजीपतिहरुको मिटर व्याजको उत्पीडन र पहाडिया अहंकारवादले लादेको विभेदको विरुद्ध विद्रोह गरि नेपाली विशेषताको समाजवाद ल्याउन आह्वान गरे । नेपालमा अन्तरजातिय विवाह गरेका रुकुम सोती घटनामा नवराज विक लगाएतको हत्या हुनुमा हिन्दु धार्मिक सामन्तवादी कुप्रथाको उपज भएको बताए । उनलेे नेपाल कम्युनिस्ट पार्टीले गम्भीरतापूर्वक सबै खाले विभेदको अन्यको लागि लडिरहेको बताउदै नेपाली विशेषताको समाजवादले मात्र सबै विभेदको अन्त्य हुने धारणा राखे । 

अर्का अतिथि नेपाल कम्युनिस्ट पार्टीका रौतहट जिल्ला  इन्चार्ज शिवशंकर सीले दलाल संसदीय व्यवस्थाका कारण देशको अर्थतन्त्र टाँट पल्टिएको र एमसीसी जस्ता राष्ट्रघाती सम्झौताले देश नै नरहने हो कि भन्ने अवस्था आएको बताए । निशुल्क शिक्षा, स्वास्थ्य रोजगारको लागि अबको विकल्प भनेको समाजवाद हो भन्दै सी जाति भनेको एक मात्रै कम्युनिस्टहरुको जाति साम्यवादी जाति बनाएको दाबी गरे ।

कार्यक्रममा युवा संगठनका व्युरो इन्चार्ज विवेक सी, किसान महासंघका केन्द्रीय सदस्य लालबाबु शाह, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्र शाहले मन्तव्य राखेका थिए ।  उक्त कार्यक्रम हरि सीले संचालन गरेका थिए भने स्वागत मन्तव्य जिल्ला सेक्रेटरी जितेन्द्र सीले राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।