२२ बैशाख २०८१, शनिबार

राष्ट्रिय संकट र समाधान विषयक अन्तरक्रिया राेल्पामा सम्पन्न

0

राेल्पा: नेपाल कम्युनिष्ट पार्टीका पाेलिट ब्युरो सदस्य सन्जिव सीले नेपालमा हाल देखा परेकाे संकटकाे समाधान राजनीतिक विज्ञानले मात्र हल गर्ने जसका लागि सम्पूर्ण राजनीतिक दलहरू अरू स्वार्थलाई थाती राखेर नेपाल देशकाे प्रगतिकाे बारेमा एक भएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी पुर्वी राेल्पाले सुनछहरी गाउँपालिका पाेबाङमा आयाेजना गरेकाे वर्तमान राष्ट्रिय संकट र त्यसकाे समाधान विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बाेल्दै यस्ताे विचार व्यक्त गरेका हुन् ।


नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं राेल्पा जिल्ला इन्चार्ज मणिराज सीकाे अध्यक्षता तथा केन्द्रीय प्रतिनिधि समिति कुमार सीकाे सन्चालनमा भएकाे अन्तरक्रिया कार्यक्रमा पार्टीका जिल्ला सल्लाहकार पत्थर सी, नेपाली काङ्ग्रेस सुनछहरी गाउँपालिका अध्यक्ष काेमराज बुढामगर, सुनछहरी गाउँपालिकाका प्रवक्ता अमरजित पुनमगर ५ नं. वडा अध्यक्ष देविलाल राेका मगर, ४ नं. वडा अध्यक्ष हर्कराम बुढामगर, सुनछहरी गाउँ कार्यपालिका सदस्य मन बहादुर विक लगायतकाे आतिथ्यता रहेकाे थियाे ।


जिल्ला इन्चार्ज मणिराज सीका अनुसार पार्टीकाे केन्द्रीय कार्यक्रम अन्तरगत देशैभरीका ७ सय ५३ स्थानिय तहमा यस्ताे अन्तरक्रिया कार्यक्रम भैरहेका छन् । पुर्वी राेल्पाका ३ तीन स्थानिय तह मध्य लुङरी र सुनिल स्मृति गाउँपालिकामा कार्यक्रम सम्पन्न भइसकेका छन् ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।