२३ भाद्र २०८१, आईतवार

परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्व विषयक अन्तरक्रिया हेटौंडामा सम्पन्न

0

हेटौंडा: नेपाल कम्युनिस्ट पार्टी श्रमिक समुदाय केन्द्रीय विभागले मकवानपुरको हेटौडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा अवधारणा पत्र पेस गर्दै विभागका संयोजक सन्ताेषी सीले नेपालमा जातियत भेदभाव अझै भइराखेकाे बताउदै, जातीय छुवाछूतको अन्त्य गर्न नेपाल कम्युनिस्ट पार्टीले नौं औं महाधिवेशनबाट सी जातिमा रुपान्तरण गरेकाले सी जातिको अवधारणाले नयाँ संस्कृतिको जग हालेको धारणा व्यक्त गरिन् । संसदीय श्रमिक समुदायका नेताहरु अवसरवादी भएकाले पनि दलित आन्दोलनले गति लिन नसकेको बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि वाटरले मान्छेले बनाएको विभेदकारी संस्कृतिलाई तोड्न जरुरी रहेको र जात व्यवस्थाले दलित समुदाय मात्र हैन सबै जातिलाई समस्यामा पारिरहेको धारणा राख्दै अन्धविश्वास, अभाव, गरिबी ,अशिक्षाले धर्मको संरक्षण गरिएकाले यसको अन्त्य गर्न एकजुट भएर लड्नु पर्ने बताए । कम्युनिस्ट संस्कार संस्कृतिले सी सभ्यता निर्माण गर्दै गरेकाले अबको प्रतिस्पर्धा कम्युनिस्ट सी सभ्यता र आध्यात्मवादी संस्कृतिको लडाइ हो र विज्ञानको नै जीत हुने सुनिश्चत भएको विचार व्यक्त गरे । कम्युनिस्ट कार्यकर्ता पार्टीमा आउँदा कम्युनिस्ट जस्तो हुने र घरमा धार्मिक हुने द्वय चरित्र अपनाउन नहुने बताए । 

अर्का अतिथि पार्टी केन्द्रीय सदस्य एवं डि 1 इन्चार्ज निङ्मार सीले सी जाति भनेको एक मात्रै कम्युनिस्टहरुको जात रहने गरि सी जाती साम्यवादी जाती बनाएको दाबी गरे ।

नेपालमा अन्तरजातिय विवाह गरेका रुकुमका नवराज विक, काभ्रेका अजित मिजारका साथै भारत लगाएत विश्वमा धेरै देशमा जातीय विभेदका कारण मान्छेहरूले अकालमा ज्यान गुमाइरहेको भन्दै यस सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीले गम्भीरतापूर्वक जातिय विभेदको अन्यको लागि लडिरहेको बताए । नेपाली विशेषताको समाजवादले मात्र सबै विभेदको अन्त्य हुने धारणा समेत उनलेे राखे ।

कार्यक्रम विभागका सदस्य हरि सीले संचालन गरेका थिए भने स्वागत मन्तव्य जिल्ला सेक्रेटरी विवेक सीले राखेका थिए । त्यसैगरी सोही कार्यक्रम समापनसँगै कृष्णहरि परियार संयोजक र पुर्णमाया, लक्ष्मण परियार  सह-संयोजकत्वमा ९ सदस्यीय श्रमिक समुदाय मोर्चाको जिल्ला भेला आयोजक समिति समेत गठन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।