२० बैशाख २०८१, बिहीबार

अखिल (क्रान्तिकारी) कास्कीको अध्यक्षमा केश घले र क्याम्पस जिल्लामा सचिन पौडेल निर्वाचित 

0

अखिल (क्रान्तिकारी) कास्की र क्याम्पस जिल्लाको २४ औं संयुक्त जिल्ला सम्मेलन पोखराको पृथ्वीनारायण क्याम्पसमा सम्पन्न भएको छ ।

नेकपाका स्थायी समिति सदस्य तथा जवस फ्याक्सन इन्चार्ज उमा सी शिलुको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले कास्की जिल्लामा केश घलेको नेतृत्वमा ३५ सदस्यीय जिल्ला समिती र क्याम्पस जिल्लामा सचिन पौडेलको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । कार्यक्रमको प्रमुख अतिथि शिलुले आफ्नो प्रशिक्षणमुलक शुभकामना मन्तव्य राख्दै देशको विकृति विसङ्गतिको विषयमा युवा विद्यार्थीहरु सचेत हुनुपर्ने बताइन् ।

कार्यक्रममा संगठनका कार्यालय सदस्य प्रकाश र पार्टी ब्युरो इन्चार्ज राजन सी, नेपाल विद्यार्थी संघका पृथ्वीनारायण क्याम्पस सभापति र समाजवादी विद्यार्थी युनियनका पि एन क्याम्पस अध्यक्षले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा पार्टीका जिल्ला नेताहरु उभार सी, काजी सी, सोममाया सी, परिवर्तन सी, विजय सी , विद्यार्थी नेताहरु पवन सी, उपेन्द्र सी, युवा नेताहरु युवराज सी, महेन्द्र सी लगाएतको उपस्तिथि रहेको थियो ।

कार्यक्रमको अध्यक्षता केश सी र सञ्चालन सचिन सीले गरेका थिए भने स्वागत मन्तव्य अञ्जना के सीले गरेका थिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।