१ जेष्ठ २०८१, मंगलवार

साझा दृष्टिकोण नबनाए देश अगाडि जाँदैन : सुवास सी

0

दाङ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य सुवास सीले साझा दृष्टिकोण नबनाए देश अगाडि नबढ्ने जिकिर गरेका छन् ।
बिहीबार दंगिशरण गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै नेता सुवासले यस्तो बताएका हुन् ।

साझा दृष्टिकोण नबनाए देश अगाडि जाँदैन, नेता सुवासले भने – ‘नेपालमा अहिले राजनीतिक संकट गहिरो छ भन्नेमा सबै सहमत नै छौँ तर यसको निकास कसरी दिने भन्नेमा हामी बाहेक कुनै राजनीतिक दलले सोचेका छैनन् । हामीले संसदीय सत्ताको विकल्पमा अहिलेकै परिस्थितिमा नेपाली विशेषताको समाजवादबाट हल गरौं भनेका छौँ ।’

नेपालका सबै दलहरुले समाजवाद भनिरहेका छन्, समाजवादको नाममा जनताबाट चुनिएका छन् तर जनताले समाजवाद भोग्न पाएनन्, उनले थप भने, ‘समाजवाद भन्ने कुरा मात्रै होइन त्यो जनतालाई प्रदान गराउने कुरा हो । हामी नेपालका सबै दलहरुलाई अपिल गरिरहेका छौँ कि अब समाजवादको बहस गरौं । बहस मात्रै होइन अब समाजवादलाई नेपाली मौलिकता र विशेषतासंग जोडेर अहिलेको राजनीतिक संकटको निकास दिन साझा एजेन्डा र कार्यक्रमहरु बनाउन तयार बनौं ।’

नेता सुवासले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगाएतका तमाम क्षेत्रहरु दिनप्रतिदिन संकटग्रस्त भइरहेकाले यसको निकास समयमै दिन नसके मुलुक गम्भीर दुर्घटनामा जाने समेत बताए ।

राष्ट्रिय स्वाधीनता इतिहासकै संकटग्रस्त अवस्था छ, उनले भने ‘नेपालमा अमेरिका आइपुगेको छ । संसदवादी दलालहरुको बुद्धिका कारणले एमसिसीमार्फत अमेरिका सिधै नेपाल प्रवेश गरेको छ । यो देशलाई युद्धमा फसाउने, यहाँका प्राकृतिक स्रोत साधनहरु कब्जा गर्ने, छिमेकी मुलुक चीनका विरुद्ध घेराबन्दी गर्ने रणनीतिसहित अमेरिका नेपाल आएको छ । हामिले पहिले नै भनेका थियौं अमेरिका सहयोगको नाममा बिषालु विष लिएर आएको छ । हामीले अमेरिकाको बारेमा गरेको बिश्लेशण अहिले सत्यसाबित भएको छ । एमसिसी प्रोजेक्ट अहिलेपनि खारेज गर्ने अभियानमा सबै देशभक्त, राष्ट्रवादी, बामपंथीहरु मिल्न नसक्ने हो भने हेर्दाहेर्दै यो देश युक्रेन बन्नेछ ।’

अक अर्को प्रसंगमा बोल्दै नेता सुवासले नेपाली बिशेषताको समाजवादले नेपालका श्रमिक, किसान, मजदुर, महिला, युवा, सुकुम्बासी, विद्यार्थी, राष्ट्रिय उद्योमी, व्यवसायी, व्यापारी, बुद्धिजीवी सबैलाई अधिकार सम्पन्न गराउदै मुलुकलाई राजनीतिक ढंगले स्थिर, आर्थिक रुपले आत्मनिर्भर, सामाजिक, सांस्कृतिक लगाएतका सबै समस्याहरु हल गर्ने बिश्वास समेत व्यक्त गरे ।

नेकपा पश्चिम दाङ अन्तर्गत दंगिशरण गाउँपालिका समितिको आयोजनामा राष्ट्रिय स्वाधीनताको रक्षा र आर्थिक समृद्धिको अग्रगामी निकास, नेपाली राजनीतिक विचारको रक्षा र विकास विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।

नेकपाका पिबिएम एवम प्रमुख वक्ता सुवाष सीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य प्रदिप सी, पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य विकास सी, युवा संगठन नेपालका महासचिव तिलक सी, दंगिशरण गाउँपालिका वडा नं. ४ का अध्यक्ष कमल चौधरी, नेकपा (माके) का नेता बिन्दु, गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज रुद्र सी, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रीय सदस्य बंशिधर आचार्य, युवा नेता तथा पुर्व जनमुक्ति सेना गोबिन्द भण्डारी, नेकपा (माके) दंगिशरणका नेता लोक बहादुर खड्का लगाएतको आतिथ्यता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा कार्यपत्रमाथी गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेशका इन्चार्ज रुद्र सी, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रीय सदस्य बंशिधर आचार्य, दंगिशरण गाउँपालिका वडा नं.४ का अध्यक्ष कमल चौधरी, युवा संगठन नेपालका महासचिव तिलक सी, नेकपा (माके) का नेता बिन्दु, नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य विकास सी, नेकपाका केन्द्रीय सदस्य प्रदिप सी लगाएतले सुझावसहितको टिप्पणी व्यक्त गरेका थिए ।

कार्यपत्रमाथि उठाइएका सुझावसहितका टिप्पणीमाथिको व्याख्यासहित प्रष्ट पार्ने काम नेकपाका पिबिएम एवम कार्यक्रमका प्रमुख वक्ता सुवास सीले गरेका थिए ।

अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मल सीले गरेका थिए भने सहजीकरण नेकपा तुलसीपुर नगर कमिटीका इन्चार्ज भुवन सीले र स्वागत मन्तव्य नेकपा पश्चिम दाङ जिल्ला कमिटी सदस्य मनोज सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।