३० बैशाख २०८१, आईतवार

नयाँ खबर पत्रिका विमाेचित

0

फारुला,सल्यान/ सल्यानमा एक कार्यक्रम गरि एउटा विचार र अन्तरक्रियामुखी त्रैमासिक पत्रिका ‘नयाँ खबर’ विमाेचन गरिएको छ । सल्यान जिल्लाबाट पहिलोपटक प्रकाशित साे वैचारिक पत्रिका जिल्लाकाे दार्मा गाउँपालिकाकाे केन्द्र फारुला बजारमा विमाेचन गरिएको हाे । पत्रिकालाई नेपाल कम्युनिस्ट पार्टीका पाेलिटव्युराे सदस्य आधार सीले बिमाेचन गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि आधार सीले पत्रिका विमाेचन गर्दै, जिल्लामा खाँचाे परेको बाैद्विक कार्य वैचारिक पत्रिका प्रकाशन हुनु खुसीको विषय भएको बताए । समान्य क्षमताले वैचारिक पत्रिका संचालन हुन गार्हाे हुने भन्दै उनले भने, ‘यस पत्रिकामा पत्रिकाका सम्पादक, प्रकाशक र पत्रिकामा जाेडिएकाे टिमले आफ्नो कार्य क्षमता तथा बाैद्विक क्षमता देखाएको छ।’
पत्रिका बिमाेचन कार्यक्रमका अतिथि रहनु भएका जिल्ला समन्वय समिति सल्यानका उप-प्रमुख असविर बुढाथोकी ‘रैति’ले जिल्लाबाट यस्तो पत्रिका प्रकाशन भएकोमा आफूलाई खुसी लागेको बताए ।
कार्यक्रममा सल्यानका चर्चित पत्रकार रेडियो तहल्काका स्टेसन म्यानेजर, समाजसेवी डिल्ली राज रावतले जिल्लामा अरु मिडियाहरु भएको भएपनि यस्तो पत्रिकाकाे अभाव रहेकोमा नयाँ खबरले साे अभाव पूरा गरेको बताए ।
पत्रिका विमाेचन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का कर्णाली प्रदेश सदस्य अनन्त प्रसाद शर्मा ‘बिन्दु गाैतम’, नेपाली काँग्रेस सल्यान जिल्ला कार्य समितिका पुर्व सचिव रामचन्द्र के.सी., नेकपा (एकीकृत समाजवादी) का कर्णाली प्रदेश समिति सदस्य दल बहादुर दाहाल, फारुला बहुमुखी क्याम्पसमा प्रमुख दीपक शर्मा, जनज्योति माध्यमिक विद्यालय फारुलाका प्रधान अध्यापक मीन राज वली, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ढाकाडामकाेटका प्रधान अध्यापक प्रताप चन्द लगायतका अतिथिहरुले जिल्लामा यस्तो पत्रिका प्रकाशन भएकोमा खुसी व्यक्त गर्दै पत्रिका सफलताको शुभकामना दिए ।
पत्रिका बिमाेचन कार्यक्रम पत्रिकाका सम्पादक तथा प्रकाशक भीम भारतीकाे अध्यक्षतामा भएको थियो भने कार्यक्रमकाे संचालन पत्रिकाका प्रबन्धक निर्देशक मदन चन्दले गरेका थिए  ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।