काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुस्पकमल दाहाल (प्रचण्ड) ले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव उठेपछि युवाहरुको मनमा उथल पुथल आउने गरेको बताए । सोमबार सहिद सप्ताहको अवसरमा सहिद प्रतिष्ठान नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
प्रचण्डले विप्लव उठेपछि आफूलाई पनि मन उथलपुथल हुने बताए । ‘म कमरेड विप्लवलाई विशेष विशेष धन्यवाद दिन चाहन्छु । कमरेड विप्लव उठ्ने वित्तिकै तपाईहरुको मनमा एउटा तरङ्ग आउने गर्छ । म त म भईहालें’, प्रचण्डले भने, ‘कमरेड विप्लव उठ्नेवित्तिकै मेरो मनमा पनि उथलपुथल हुन्छ ।’
उनले आफू जिवित रहदासम्म नेपालमा उथपुथल भइरहने भन्दै त्यसका लागि क्रान्तिकारी सोच भएका विप्लव जस्ता नेताहरुको साथ चाहिने बताए । ‘मलाई सिध्याउन धेरै पटक प्रयासहरु भए । तर पनि सफल हुन सकेनन् ।’, उनले भने ।
विप्लवको आडमा प्रचण्डले आफूलाई प्रतिक्रियावादीहरूले उपयोग गर्न खोजे जुनसुकै बेला लात्ताले हानेर निस्कने बताए ।